Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य ह्वात्तै घट्यो, ६ महिना यताकै सस्तो

शुक्रबार, १० मंसिर २०७३, १३ : १४ मा प्रकाशित

सुनको मूल्य ह्वात्तै घट्यो, ६ महिना यताकै सस्तो

अर्थ संसार 
काठमाडौं– सुनको मूल्य ह्वात्तै घटेर  ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय र चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ ।

बिहीबार सुनको मूल्य तोलाको ५४ हजार ६ सय रुपैयाँ थियो । गत जेठको मध्यमा सुनको मूल्य ५४ हजार ५ सयभन्दा तल ओर्लिएको थियो । हिजो बिहीबार मात्रै सुन एकैपटक प्रतितोला ८ सय रुपैयाँले सस्तो भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै सुन सस्तो भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको बताएको छ । 

यो पनि पढ्नुहोस

हस्तकलाको बृहद मेला भृकुटीमण्डपमा सुरु (फोटो फिचर)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको