Like us!
Follow us!
Connect us!
Watch us!

मेसीको ट्याटु प्रेम

शनिबार, ११ मंसिर २०७३, ११ : ५३ मा प्रकाशित

मेसीको ट्याटु प्रेम

अर्थ संसार 
एजेन्सी– अर्जेन्टिनाका बार्सिलोना स्टार लियोनल मेसी जति ठूला फुटबल खेलाडी हुन्, उनको ट्याटु प्रेम पनि उत्तिकै छ । आफ्नो शरीरमा एकपछि अर्को ट्याटु खोप्दै आएका मेसी यसै कारणले पनि समय–समयमा चर्चामा आउँछन् । मेसी अहिले पनि चर्चामा छन् र त्यसको कारण उनको नयाँ ट्याटु हो ।

मेसीले आफ्नो बायाँ खुट्टाको घुँडामुनि पूरा ट्याटु बनाएका छन् । यसअघि त्यसमा १० नम्बर, बल र आफ्ना छोराको अनुहारसहितको हल्का सादा ट्याटु थियो । अहिले त्यो निकै गाढा भएको छ र त्यसलाई टाढाबाट हेर्दा कालो मोजा लगाएजस्तै देखिन्छ । मेसीको दायाँ हात पनि ट्याटुले भरिएको छ । मेसी यसअघि रंगाइएको केश र दाह्रीका कारण पनि चर्चामा आएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको