Like us!
Follow us!
Connect us!
Watch us!

बाम गठबन्धन vs लोकतान्त्रिक गठबन्धन, कांग्रेसको हरिबिजोग !

शुक्रबार, २२ मंसिर २०७४, ११ : २५ मा प्रकाशित

बाम गठबन्धन vs लोकतान्त्रिक गठबन्धन, कांग्रेसको हरिबिजोग !

अर्थ संसार, काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ ।  निर्वाचन सम्पन्न सँगै मतपरिणाम पनि आउनेक्रम जारी छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) र माओवादी केन्द्रको बाम एकताले लोकतान्त्रिक गठबन्धको हरिबिजोग देखाउँछ ।

पछिल्लो मतगणना अनुसार प्रतिनिधिसभामा नेकपा एमाले २ माओवादी १ स्थानमा विजयी भैसकेको छ भने एमाले १७, माओवादी केन्द्र १३ , नेपाली कांग्रेसले ५ र अन्यले १ ठाउँमा अग्रता लिएका छन् ।

त्यसै गरी प्रदेशमासभा नेकप एमाले ५, माओवादी केन्द्र १, नेपाली कांग्रेस १ र अन्य ले १ ठाउँमा विजयी हासिल गरेका छन् । अग्रतामा एमाले २४ स्थानमा, माओवादी केन्द्र  २० स्थानमा, नेपाली काग्रेस ५ र अन्यले ३ ठाउँमा अग्रता लिएका छन् ।

यही मतगणनालाई हेर्ने  हो भने प्रतिनिधिसभा र प्रदेशसभामा गरी कांग्रेसले  १० ठाउँमा अग्रता लिन सफल भएको छ ।

यता एमाले ४४ स्थानमा र माओवादी केन्द्रले ३३ स्थानमा अग्रता लिन सफल भएको छ । यसरी हेर्दा बाम एकताको गठनबन्धको अगाडि लोकतान्त्रिक गठनबन्धको हरिविजोग देखिएको छ। यो प्रारम्भिक मत गणना हो । कसले कति सिट जित्ने हो भने पछिल्लो मतपरिणाम सम्म कुर्नु पर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको