अर्थ संसार, काठमाडौं– राधी विद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) यही पुष ३ गतेदेखि निष्काशन गर्ने भएको छ ।
कम्पनीले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गर्ने भएको हो । पुष ३ गतेदेखि विक्री खुल्ला गरिएको साधारण सेयर छिटोमा पुष ७ र ढिलोमा पुष १७ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्ने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले जनाएको छ ।
कतिसम्म आवेदन दिन मिल्छ ?
यस कम्पनीको साधारण् सेयर (आइपिओ) लगानीकर्ताले लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस