अर्थ संसार
काठमाडौं–साताको पहिलो दिन आइतबार सेयर कारोबार हुनासाथ बजार उच्च दरले घटेर सर्किट ब्रेकर लागेको छ ।
नेपाल स्टक एक्स्चेन्जले बजार तीन प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाएको हो । बजार खुलेको १ घन्टा नवित्दै उच्च दरले घटेपछि नेप्सेले कारोबार राकेको थियो । तयसको १५ मिनेटपछि बजार खुलेको छ । कारोबार सुरु भएको ४७ मिनेटमै नेप्सेमा साढे ४६ अंकले घटेको थियो ।
बजार खुलेपछि पनि बजार ५२ अंकसम्म घटेको थियो । यतिबेलासम्म कारोबार रकम भने पौने १३ करोड रुपैयाँ मात्रै थियो । बजार घट्नुको कुनै कारण देखिएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस