Like us!
Follow us!
Connect us!
Watch us!

पहिरो रोकिएन सेयर बजारमा, नियामक बोर्ड भन्छ–घट्नु पर्ने कुनै कारण छैन

आइतबार, १२ मंसिर २०७३, १६ : ०९ मा प्रकाशित

पहिरो रोकिएन सेयर बजारमा, नियामक बोर्ड भन्छ–घट्नु पर्ने कुनै कारण छैन

अर्थ संसार
काठमाडौं–तिहारपछि लगातारजसो घटिरहेको बजारमा यस साताको पहिलो दिन आइतबार सबैभन्दा ठूलो पहिरो गएको छ । यस दिन लगानीकर्तालाई ज्वरो ल्याउने गरी साँडे ६४ अंकले बजार घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जले बजार खुल्नासाथ तीन प्रतिशतले घटेपछि कारोबारमा सर्किट ब्रेकर लगाएको थियो। बजार खुलेको ४७ मिनटमा नवित्दै उच्च दरले घटेपछि नेप्सेले कारोबार राकेको थियो । त्यसयसको १५ मिनेटपछि बजार खुलेको थियो । 
यस दिन १२८ कम्पनीका ९५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
एभरेष्टले यस दिन पनि सबैलाई उछिनेको छ । बैंकको ३३८ वटा किनबेचबाट ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

पहिरो गएर राताम्य भएको बजारमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यस्तै एनबी इन्स्योरेन्स, तिनाउ विकास बैंक, रिडी हाइड्रो र ओरिएन्टल होटलका लगानीकर्ताले कमाएका छन् । बाँकी १ सय १४ कम्पनीका लगानीकर्ताले भने गुमाए । 
बजारका सबै सूचक राताम्य भए । सबैभन्दा बढी  बिमा समूह ५६२.९४ अंक, होटल समुह १४६.०४, हाईड्रोपावर १०४.२९ अंक, बिकास बैंक ६५.६७ , बैंक ५२.५४ अंक, फाइनान्स कम्पनी समुह २६.७ अंक र अन्य उपसुचक १९.०८ ले घटेका छन्।
यसअघि असोज २० गते कारोबार बन्द हुँदा सेयर बजार परिसूचक (नेप्से) १८२० अंकमा थियो । त्यसपछि दशैँ विदा भयो । असोज ३० गते खुलेको बजारमा कुनै उत्साह देखिएन । त्यस दिन नेप्से एकैपटक १६.१४ अंकले ओरालो लाग्यो । त्यसपछि नेप्से निरन्तर रुपमा ओरालो लागिरहेको छ । मंसिर १२ गतेसम्म आएइपुग्दा बजार ३३४.५२  अंकले ओरालो लागिसकेको छ । 
बजार यसरी ओरालो लाग्दा पनि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन बसिरहेको छ । यदाकदा समाचारमा उनीहरुको भनाई आए पनि आधिकारिक धारणा बाहिर आएको छैन । बजार उकालो लाग्दा लगानीकर्ताहरुलाई सम्हालिएर लगानी गर्न पटकपटक आग्रह गर्ने बोर्ड बजार ओरालो लागेर लगानीकर्ता आत्तिदा भने मौन छ ।
 धितोपत्र बोर्डका प्रबक्ता निरज गिरी बोर्ड बोल्ने समय नआएको बताउँछन् । ‘हामीले बजारलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौ, आत्तिनुपर्ने अवस्था छैन’, उनले भने, ‘बजारमा म्यानुपुलेसन पनि भएको छैन ।’ उनका अनुसार नेपालको धितोपत्र बजार उकालो र ओरालो लाग्नुमा कुनै कारण हुदैन ।
गत वर्षको भन्दा अर्थतन्त्रका परिसूचक पनि उकालो लागेको छ । कम्पनीहरुले पनि राम्रो प्रतिफल दिइरहेका छन् । पछिल्लो समय बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तिय विवरण हेर्दा पनि उनीहरुको नाफा राम्रो देखिन्छ । तर किन बजार ओरालो लागेको छ भन्ने विषयमा भने अहिले केही भन्न नसक्ने गिरीको भनाइ छ ।
सेयरको आपुर्ति बढेकाले बजार घटेको उनको तर्क छ । ‘बजारमा विभिन्न कम्पनीहले हकप्रद सेयर जारी गरिरहेका छन् । हकप्रद सेयर खरिदका लागि रकम जोहो गर्न लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेचे’, उनले भने ‘जसको परिणाम सेयरको आपुर्तिमा बृद्धि भयो र बजार ओरालो लाग्यो।’
पहिले पनि ३९२ अंकसम्ममा बजार झरेको थियो । त्यसपछि १९०० अंकसम्म उकालो लागेको थियो । त्यतिबेला पनि बजार घट्नु र बढ्नुमा ठोस कारण नरहेको प्रबक्ता गिरीले दावी गरे । उनले म्युचुअल फन्डहरुलाई अहिले बजारमा लगानी गर्न दवाव दिन नसक्ने पनि बताए । ‘साना लगानीकर्ताहरुले जोखिम मोल्न डराउने भएका कारण नै म्युचुअल फन्डमा लगानी गरेका हुन्छन् । उनीहरुको रकममाथि हामीले दवाव दिनु उचित हुँदैन,’ गिरीले भने ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको