Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सोमबार अर्को सर्किट ब्रेकर (अपडेट)

सोमबार, १३ मंसिर २०७३, १२ : १२ मा प्रकाशित

नेप्सेमा सोमबार अर्को सर्किट ब्रेकर (अपडेट)

 


अर्थ संसार
काठमाडौं– सेयर बजार निरंतर ओरालो लागेपछि सोमबार नेपाल स्टक एक्स्चेन्जले पुन अर्को सर्किट ब्रेकर लगाएको छ । कारोबार सुरु भएको पौने दुई घण्टाभित्र यो दोस्रो सर्किट हो ।  सेयर बजार ४ प्रतिशतभन्दा बढीले घटेपछि नेप्सेले अर्को ब्रेकर लगाएको हो ।

अस्वभाविक रुपमा घटेपछि आइतबार पनि सर्किट ब्रेकर लागेको थियो ।  दुईपटक सर्किट ब्रेकर लागेर खुलेको बजार ६१.६१ अंकले घटेर १४०७ अंंकमा आइपुगेको छ । बजार बजारमा किन्नेभन्दा बेच्नेको चाप देखिएको छ । क्रेता नहुँदा मूल्य स्वतः घट्दै गएको छ । 

यसअघि  सेयर बजारको तीब्र घटाइले सोमबार सर्किट ब्रेकर लगाइएको बजार पुुन खुलेको छ । बजार ३ प्रतिशतभन्दा बढीले घटेपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सर्किट ब्रेकर लगाएको थियो । बिहानदेखि घटेको बजार ४४.११ अंकले घटेर १४२५ अंकमा झरेको थियो ।

सर्किट ब्रेकर लगाइएको बजार ११ बजेर ५४ मिनटमा फेरि खुलेको हो । बजारमा विक्रीको चाप बढेपछि सेयर मूल्य निरंतर ओरालो लागेको थियो । सर्किट ब्रेकर लगाइएको बजार पनि निरंतर अधोगतिमै छ । दिउँसो १२ बजेसम्म बजार ५७ अंकले घटिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको