Like us!
Follow us!
Connect us!
Watch us!
अब २०,४९० मा पाइने

सस्तियो ओप्पो ‘ए३७’

सोमबार, १३ मंसिर २०७३, १३ : २८ मा प्रकाशित

सस्तियो ओप्पो ‘ए३७’

अर्थ संसार 

काठमाडौं– उत्कृष्ट सेल्फी क्यामेरा तथा अत्याधुनिक प्रविधिको स्मार्टफोन ओप्पोको मोडल ‘ए३७’ को मुल्य सस्तिएको छ । ओप्पो डिएसले ५ ईञ्च आईपीएस डिस्प्लेसहितको उक्त फोनलाई २० हजार ४ सय ९० मा उपलब्ध गराउने जनाएको छ । कम्पनीले फोनको पछिल्लो मूल्य २२ हजार ६ सय ९० मा २ हजार २ सय रुपैयाँ कटौती गर्दै नयाँ मूल्य तोकेको हो । 

यसमा ५ मेगापिक्सेल क्षमताको फ्रण्ट फेसिङ क्यामेरा छ । यस्तै अटो फोकस सुविधा सहितको ८ मेगा पिक्सेल क्षमताको रियर क्यामेरासमेत उपलब्ध छ । फोनमा कम्पनीले २ जीबी ¥याम र १६ जीबी रोमको ब्यवस्था गरेको छ । 

अतिरिक्त सञ्चय क्षमताको आवश्यता परेमा प्रयोगकर्ताले फोनमा एसडी कार्डको माध्यमबाट १ सय २८ जीबीसम्म सञ्चय क्षमता बढाउन सक्ने छन् । एण्ड्रोइडमा आधारित कलर ओएस ३.० सहितको फोनमा कम्पनीले २ हजार ६ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । मेटालिक युनिबडीको डिजाइनमा उपभोक्ताले पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको