Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसविआइ बैंकले १० बराबर ४ कित्ता हकप्रद ल्याउँदै

मंगलबार, १४ मंसिर २०७३, १३ : २७ मा प्रकाशित

नेपाल एसविआइ बैंकले १० बराबर ४ कित्ता हकप्रद ल्याउँदै

अर्थ संसार
काठमाडौं–नेपाल एसबिआइ बैंकले १० बराबर ४ कित्ताका दरले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। 

बैंकले उक्त प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गर्ने छ । यसअघि बैंकको बोर्ड बैठकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । बैंकले   ६७ हजार ७६८ कित्ता फर्दर पब्किक अफरिङ ९एफपिओ० जारी गर्ने पनि तयारी गरेको छ । जारी गर्न लागेको हकप्रद बोनस र एफपिओ जारी गरे पछि निस्कासन गरिने बैंकले जनाएको छ । हकप्रद ल्याएपछि बैंकको चुक्ता पूँजी १ अर्ब ९९ करोड १९ लाख ४२ हजार रुपैयाँले बढ्ने विज्ञप्तिमा जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको