Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक नेपालको ३७ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा

बुधबार, १५ मंसिर २०७३, १३ : ०४ मा प्रकाशित

जनता बैंक नेपालको ३७ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा

बिरेन्द्रनगर–  जनता बैंक नेपाल लिमिटेडले सुर्खेतको बिरेन्द्रनगरमा ३७औं शाखा सञ्चालनमा ल्याएको छ । साथै, बैंकले उक्त स्थानमा ३०औं एटिएमपनि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मंगलबार बैंकको सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरेका हुन् ।

हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म ३७ वटा शाखाहरु, ३० वटा एटिएम, १५ वटा शाखारहित बैंकिङ इकाइ रहेको छ । बैंकले गत आर्थिक बर्षमा ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले यस आर्थिक वर्षभित्र झापाको दमक, सुनसरीको धरान, सिराहाको लहान, महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा लगायत स्थानहरुमा शाखाहरु थप गर्ने जानकारी समेत दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको