Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

बुधबार, १९ पुस २०७४, ०९ : ०१ मा प्रकाशित

प्रभु बैंकमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

अर्थ संसार, काठमाडौं– बैंकलेले  सार्वजनिक गरेको चालू आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २५ करोड ७ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले कम हो । सोही अवधिमा बैंकको चुक्तापूँजी रू. ५ अर्ब ८८ करोड रहेको छ । जगेडा कोषको रकम ५ गुणाले बढेर रू. २ अर्ब ७६ करोड पुर्‍याएको छ ।

बैंकले वैदेशिक मुद्रा विनिमयबाट रू. १ अर्ब ५९ करोड ८६ लाख आम्दानी गरेको छ । साथै बैङ्कले पूँजी वृद्धिका लागि १० बराबर ४ अनुपातमा माघ १० गते हकप्रद सेयर निष्कासन गर्दैछ ।

बैंकले रू. १ सय अङ्कित दरको २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपछि बैङ्कको चुक्तापूँजी रू. ८ अर्बभन्दा बढी पुग्नेछ ।  

वर्गिकरणः बाणिज्य बैंक  
पछिल्लो व्यापार मूल्यः रू. ३२१
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ४९७
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू. २११
१८० दिनको औसत व्यापार मूल्यः रू. ३७०.५४

कम्पनीको महत्वपूर्ण अनुपात

सञ्चालक समिति
अध्यक्षः देवी प्रकाश भट्टचन
व्यवस्थापन समिति
प्रमुख कार्यकारी अधिकृतः अशोक शेरचन
प्रधान कार्यालयः बबरमहल, काठमाडौं
वेबसाइटः www.prabhubank.com
शाखाः १३४
स्टक सङ्केतः पीआरभीयु

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा )

महत्वपूर्ण अनुपात

आधारभूत विश्लेषण
बैंकको पहिलोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः    

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ४ दशमलव ८० प्रतिशतबाट घटेर ४ दशमलव २६ प्रतिशतमा सिमित भएको छ । बैंकको लगानी रू. १२ अर्ब ८३ करोड रहेको छ ।

  • बैंकले पहिलो त्रैमाससम्ममा रू. ८२ अर्ब ८४ करोड ३४ लाख निक्षेप सङ्कलन गरी रू. ६६ अर्ब ७६ करोड ७९ लाख कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू. ५१ करोड ३४ लाख, कर्मचारी खर्च रू. २६ करोड २७ लाख, अन्य सञ्चालन खर्च रू. १५ करोड ५४ लाख र सञ्चालन नाफा रू. २३ करोड ७१ लाख रहेको छ ।

  • स्थिर सम्पत्ती न्यून प्रतिशतले बढेर रू. २ अर्ब १४ करोड ३१ लाख र अन्य सम्पत्ती ८६ प्रतिशतले बढेर रू. ५ अर्ब ४४ कराडे ९६ लाख पुगेको छ ।

  • बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ११ करोड ११ लाख रकम छुट्याएको छ भने निष्क्रिय कर्जा ४ दशमलव २३ प्रतिशत पुगेको छ ।

  • पूँजी कोष प्रर्याप्तता ११ दशमलव शून्य २ प्रतिशत र सिडी रेशियो ७५ दशमलव शून्य ५ प्रतिशत रहेको छ ।

  • पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १७ दशमलव शून्य ५, मूल्य आम्दानी अनुपात २२ दशमलव १७, तरलता अनुपात २३ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४७ दशमलव शून्य ४ रहेको छ । मङ्गलवारको मूल्य प्रतिशेयर नेटवर्थको २ गुणा छ ।

प्राविधिक बिश्लेषण
विक्री चापः
 बैंकको मङ्गलवार भएको सेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप ४ गुणा बढी छ । सो अवधिसम्म ३१ हजार २ सय ६७ कित्ता शेयर विक्री र ७ हजार ६ सय ६ कित्ता खरीद गर्ने माग थियो ।  

मङ्गलवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

 ३ अक्टोबर २०१७                               २ जनवरी २०१८

स्ट्याण्डर्ड डेभिएशन


३ अक्टोबर २०१७                               २ जनवरी २०१८

आरएसआई

३ अक्टोबर २०१७                               २ जनवरी २०१८

मुभिङ एभरेज


३ अक्टोबर २०१७                               २ जनवरी २०१८

  • मैनबत्ती विश्लेषणः बैंककोे ६० दिनको कारोबार अवधिमा अन्तिम दिनमा ग्रभेस्टोन डोजी बुलिश आकृती बनेको छ । यस आकृतीले सेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ । यसको विश्वसनियता भने सामान्य रहेको छ ।

  • आरएसआईः बैंकको ६० दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (३० दशमलव १७ स्केल)मा छ । यसले विक्री चाप बढेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसनः कम्पनीको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १ दशमलव ९५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेजः बैङ्कको ६० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. ३ सय २१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय २५ मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको