अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्सचेन्जले सेयर दलालहरु अरुण सेक्युरिटिज (३) र ओपल सेक्युरिटिज (४) लाई कारोबारमा रोक लगाएको छ । धितोपत्र बोर्डको निर्देशनमा उनीहरुलाई निलंबन गरिएको नेप्सेले जनाएको छ ।
धितोपत्र बोर्डले अर्को पत्र नआएसम्म ती दुबै सेयर दलालको कारोबार रोक्न निर्देशन दिएको नेप्सेले जनाएको छ । बोर्डले ती दुबै सेयर दलालले कम्पनीको बिबरणहरु समयमै पेश नगरेकोले कारबाही गरिएको जनाएको छ ।
लामो समय घटेर बल्ल तंग्रिन लागेको सेयर बजारमा यी दुई कम्पनीबाट कारोबार गर्ने लगानीकर्ता मारमा पर्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस