Like us!
Follow us!
Connect us!
Watch us!

हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

बुधबार, २६ पुस २०७४, १८ : ०४ मा प्रकाशित

हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

अर्थ संसार, टेगुसिगाल्पा– हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ ।

यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पको केन्द्रविन्दु ग्रेट स्वान द्वीपबाट करिव ४४ किलोमटिर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

हन्डुरसको सङ्कटकालीन व्यवस्थापन निकाय ९सिओसिइसिओ० ले तीनवटा विभिन्न तटीय जिल्लालाई लक्ष्यगरी सुनामीको चेतावनी दिइएको पनि युएसजिएसले जानकारी दिएको छ ।

युएसजिएसका अनुसार स्थानीय समयाअनुासार मङ्गलबार राति १०ः५१ मा सो भूकम्प गएको थियो । रातिको समयमा गएको यस भूकम्पबाट नागरिकमा ठूलो त्रास छाएको बताइएको छ ।

मेक्सिको, जमाइका, हन्डुरस क्युबा, कोस्टारिका र यसको वरिपरिका क्षेत्रमा पनि उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको बताइएको छ ।
रासस÷एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको