Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा केही कम्पनीका लगानीकर्ताको कमाइ उच्च, कुन कुनले कमाए ?

विहीबार, १६ मंसिर २०७३, १५ : ५३ मा प्रकाशित

घटेको बजारमा केही कम्पनीका लगानीकर्ताको कमाइ उच्च, कुन कुनले कमाए ?

अर्थ संसार

काठमाडौं–बढ्ने आशा जगाएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन बिहीबार भने केही घटेको छ । 

विक्रीको चाप उच्च भएपछि बजार केही घटेको हो । कारोबार सुरु भएदेखि बढ्ने, घट्ने, बढ्ने गरिरहेको नेप्से ९.८४ अंकले घटेर बन्द भएको थियो । बजार साँडे ११ बजे १६२१ अंकमा पुगेर ओरालो लागेको थियो । दिउँसो १२ बजे बजार घटेर १५८६ अंकमा झर्यो । त्यसपछि क्रमशः बढेर पहिलेकै विन्दु १६२१ मा पुगेको बजार अन्ततः १६४९ अंकमा आएर बन्द भएको हो ।  

यस दिन समग्र परिसूचक घटे पनि विकास विकास बैंक, उत्पादन र अन्य समुह भने बढेका छन् । विकास बैंक समुह ९.२९, उत्पादन ३.४९ र अन्य २.०३ अंकले बढेका छन् । बैंक समुह १०.७१, होटल ३७.६१, जलविद्युत ४२.६४, वित्तीय संस्था ५.०३ र बीमा कम्पनी समुह ३६.३३ अंकले घटेका छन् । 

 

केही दिनदेखि उच्च अंकमा कारोबार भइरहेको एभरेस्ट बैंकलाई साताको अन्तिम दिन शिखर इन्स्योरेन्सले उछिनेको छ । शिखरले ६० प्रतिशत बोनसपछि १० प्रतिशत एफपिओ जारी गर्ने सूचना आएपछि शिखरको कारोबार अकासिएको हो ।

शिखरको १०  करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सेयर मूल्य अघिल्लो दिनको तुलनामा १ सय १० रुपैयाँ बढेर ३ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । 

सधैं उच्च कारोबार गर्दै आएको एभरेस्ट आज दोस्रो उच्च कारोबार हुने कम्पनीमा परेको छ । यसको ९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने २८ रुपैयाँले घढेको छ ।

तेस्रो उच्च कारोबार हुनेमा सिद्धार्थ बैंक परेको छ । यस बैंकले उच्च दरमा प्रतिफल दिने हल्लाले सेयर कारोबार उच्च भएको हो । बजारमा बैंकले हकप्रद समेतलाई उच्च दरमा बोनस सेयर दिने गरी प्रस्ताव गर्न लागेको हल्ला फैलिएकाले कारोबार उच्च भएको हो ।

उच्च दरको प्रतिफलका साथ बैंकले हकप्रदसमेत जारी गर्ने हल्ला बजारमा आएको छ । यही कारण सिद्धार्थ बैंकको २ करोड ७४ लाख ६१ हजार रुपैयाँको कारोबार भइरहेको छ । सिद्धार्थको ६ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । सबैको मूल्य घट्दा सिद्धार्थ बैंकको भने ८ रुपैयाँले मूल्य बढेको छ । 

यस दिन केही कम्पनीले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । सबैभन्दा कमाउनेमा मितेरी विकास बैंक छ । यस कम्पनीले सर्किट लाग्ने गरी १० प्रतिशतले मूल्य बढी पाएको छ । यसपछि विजय लघुवित्त, वमी माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, ग्रामीण विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, गुडवील फाइनान्स र अरुण फाइनान्सका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा कमाएका छन् ।

यस दिन धेरै गुमाउनेमा युनाइटेड फाइनान्स, एनएमबी माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रो पावर, ङादी पावर ग्रुपलगायतका कम्पनी छन् ।   

583ff9888792c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको