Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

मंगलबार, ०२ माघ २०७४, ०९ : २० मा प्रकाशित

कामना सेवा विकास बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

अर्थ संसार, काठमाडौैं - बैंकले चालू आव २०७४/७५ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार चुक्तापूँजी २ सय ११ प्रतिशतले बढेर रू. २ अर्ब ५ करोड ८२ हजार पुगेको छ ।

३० प्रतिशत हकप्रद  सेयर निष्कासन गरेकाले चुक्तापूँजी बढेको हो । सोही अवधिमा बैङ्कले रिजर्भ कोषमा रू. ८३ करोड १० लाख राखेको छ । यो अघिल्लो आवको तुलनामा १ सय ५३ प्रतिशतले बढी हो ।

बैंकले पहिलो त्रैमासमा रू.२० लाख ६७ हजार नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ९४ प्रतिशतले कमी हो । सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।

साथै, कामना विकास बैंक र सेवा विकास बैङ्क एकआपसमा मर्जर भई कामना सेवा विकास बैंकको नामबाट साउन २० गतेदेखि एकिकृत कारोबार भएकोे थियो ।

बैंकले १० बराबर १ दशमलव ५ अनुपातमा माघ १५ गतेदेखि फागुन २० गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यो हकप्रद सेयर निष्कासन बाँडफाँट पछि चुक्तापूँजी रू. २ अर्ब ३७ करोड २१ लाख ८५ हजार ३ सय २६ दशमलव २९ पुग्नेछ ।

वर्गिकरण : विकास बैंक
पछिल्लो व्यापार मूल्यः रू.१७५
५२ हप्ताको उच्च व्यापार मूल्य : रू. ५२२
५२ हप्ताको न्यून व्यापार मूल्य : रू. १७२
१८० दिनको औसत व्यापार मूल्य : रू. १९८.०९

बैंकको महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-

अध्यक्ष : सुदिप आचार्य
प्रमुख कार्यकारी अधिकृत : महेश प्रसाद काफ्ले
केन्द्रीय कार्यालय : पोखरा लेखनाथ, ८ सृजना चोक
वेबसाइट : www.kamanasewabank.com
शाखा : ४०
स्टक स्ङ्केत : केएसबिबिएल

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

 बैंकको महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-

आधारभूत विश्लेषण :-

 बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :-

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ५ दशमलव ४२ प्रतिशतबाट घटेर शून्य दशमलव १० प्रतिशतमा सिमित भएको छ । साथै  बैंकको लगानी रू.२३ करोड ४६ लाख रहेको छ ।

  • पहिलो त्रैमाससम्ममा रू. १३ अर्ब १९ करोड १५ लाख निक्षेप संकलन गरी रू. ११ अर्ब ९२ करोड ४७ लाख कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू.९ करोड ६४ लाख, कर्मचारी खर्च रू. ३ करोड ७८ लाख, अन्य सञ्चालन खर्च रू. २ करोड १९ लाख रहेको छ । सञ्चालन नाफा रू. ६ लाख ९० हजार ऋणात्मक रहेको छ ।

  • स्थिर सम्पत्ति करीब ४ गुणाले बढेर रू. २८ करोड ८९ लाख पुगेको छ भने अन्य सम्पत्ति रू. ४८ करोड ९ लाख पुगेको छ ।

  • बैङ्कले सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ५ करोड ९१ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा २ दशमलव ११ प्रतिशत रहेको छ । पूँजी कोष पर्याप्तता २४ दशमलव १० प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ८ दशमलव ६१ प्रतिशत रहेको छ ।

  • बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार तरलता अनुपात २८ दशमलव ८५ प्रतिशत, प्रति शेयर आम्दानी रू. शून्य दशमलव १०, मूल्य आम्दानी अनुपात रू.२ हजार १ सय २० दशमलव २३ र प्रति शेयर नेटवर्थ रू. १ सय ४० दशमलव ३८ रहेको छ । आइतवारको शेयर मूल्य नेटवर्थको १ गुणा छ ।

  • प्राविधिक विश्लेषण

मैनबत्ती विश्लेषण :-

                                              १२ अक्टोबर २०१७                                  १४ जनवरी २०१८

स्ट्याण्डर्ड डेभिएसन :-

 

 

                             १२ अक्टोबर २०१७                                             १४ जनवरी २०१८

आरएसआई

                                                १२ अक्टोबर २०१७                               १४ जनवरी २०१८

मुभिङ् एभरेज  :-

                                  १२ अक्टोबर २०१७                         १४ जनवरी २०१८

  • मैनबत्ती विश्लेषण : बैङ्कको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारोबाजु आकृती बनेको छ । यस आकृतीले  सेयरमूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ ।

  • आरएसआई :  बैंकको ६० दिनको कारोबारमा आरएसआइ न्युट्रल जोन (३६ दशमलव ७५ स्केल) मा छ । यसले खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन :  बैंकको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन २ दशमलव शून्य ९ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज :  बैंकको ६० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. १ सय ७५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ७९ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. १ सय ७४ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको