Like us!
Follow us!
Connect us!
Watch us!

अरुण र ओपलले विवरण पेश नगरेकाले धितोपत्र कारोबार रोकेका हौंः धितोपत्र बोर्ड

शुक्रबार, १७ मंसिर २०७३, १० : ३० मा प्रकाशित

अरुण र ओपलले विवरण पेश नगरेकाले धितोपत्र कारोबार रोकेका हौंः धितोपत्र बोर्ड

अर्थ संसार

काठमाडौं– धितोपत्र बोर्डले अरुण सेक्युरिटीज र ओपल सेक्युरिटीज एक्सचेन्जलाई आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र धितोपत्र व्यवसायीहरुले पेश गर्नुपर्ने लेखापरिक्षण, नाफा नोक्सानको हिसाव, वासलात र नगद प्रवाह विवरण पेस नगरेकाले कारोबारमा रोक लगाइएको बताएको छ ।

बोर्डले एक विज्ञप्ति प्रकाशित गरी आवश्यक आर्थिक विवरण ऐनको व्यवस्थाअनुरुप थप गरिएको समयमा समेत पेश नगरेकाले ती विवरण पेश नगरेसम्म धितोपत्र कारोवार गर्न रोक लगाइने बताएको छ । बजारको स्वस्थता तथा अनुपालना सुृदृढ हुन गएमा पूंजी बजार विकासमा सकारात्मक प्रभाव पर्ने कुरामा वोर्डको विश्वास रहेको जनाइएको छ ।

धितोपत्र बोर्डले पछिल्लो समय संस्थागत सुशासन कायम तथा सूचना प्रवाहको अवस्थामा सुधार ल्याइ बजार विकासको लागि सुपरिवेक्षण कार्यलाई तिव्रता दिएको बताएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार धितोपत्र ब्यवसायीले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखापरिक्षण, नाफा नोक्सानको हिसाव, वासलात र नगद प्रवाहलगायतका विवरण बोर्डमा पेश गर्नु पर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको