Like us!
Follow us!
Connect us!
Watch us!

ओपोले गर्यो मूल्य समायोजन, कुन मोडलको कति ?

विहीबार, ०४ माघ २०७४, १८ : २७ मा प्रकाशित

ओपोले गर्यो मूल्य समायोजन, कुन मोडलको कति ?

अर्थ संसार, काठमाडौं– विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ ।

कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दूबै भ्यारियण्ट (३ जीबी तथा ४ जीबी) र ए७१ को मूल्य समायोजन गरिएको छ ।

आफ्ना उपभोक्ताहरुका लागि नजिकिँदै गरेको नयाँ बर्षको कोशेली स्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ ।

सेप्टेम्बर २०१६मा सार्वजनिक गरिएको ओपो एफवानएस नेपालमै कम्पनीको पहिलो फ्ल्यागशिप मोडल हो । डुअल सेल्फी क्यामेरा (एउटा सेल्फी र अर्को सामुहिक सेल्फीका लागि ) सहितको एफथ्री मे–२०१७ मा सार्वजनिक गरिएको हो ।

नेपाली स्मार्टफोन बजारमा बेष्ट सेलर मध्य रहेका दुबै फोन मोबाइल फोटोग्राफीको क्षेत्रमा उपलब्ध गराइएको नवप्रबर्तनात्मक तथा अत्याधुनिक प्रविधिका लागि उपभोक्ता माझ निकै लोकप्रिय रहेका छन् ।

त्यसैगरी, सेप्टेम्बर २०१७ मा सार्वजनिक ए ७१ मिडरेञ्ज्ड फोन हो । ए७१ यूवा वर्ग र विशेष गरी कलेज अध्ययनरत यूवा पुस्ता माझ विशेष लोकप्रिय रहेको छ ।

‘उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्दै तिनलाई उत्पादन मार्फत समग्र सन्तुष्टि प्रदान गर्नु हाम्रो पहिलो प्राथमिकता हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने , ‘उपभोक्ता माझबाट अफर, छुट लगायतको माग हुँदै आइरहेको कुरालाई दृष्टिगत गर्दै हामीले नजिकिँदै गरेको नयाँ बर्षको कोशेली स्वरुप मूल्य समायोजन सहित लोकप्रिय फोन उपलब्ध गराएका हौँ । यो कदमले तिनको माग सम्बोधन गर्नु हाम्रो उद्देश्य हो ।’

मूल्य समायोजन पश्चात ओपो एफथ्रीको मूल्य रु. ३१,५९० एफवानएस (४जीबी) रु. २८,९९०, एफवानएस (३जीबी) रु. २७,९९० र ए७१को रु. २०,४९० निर्धारण गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको