Like us!
Follow us!
Connect us!
Watch us!

बिमा कम्पनीको साढे अर्ब सेयर बजारमा लगानी

शुक्रबार, ०५ माघ २०७४, ०९ : ०४ मा प्रकाशित

बिमा कम्पनीको साढे अर्ब सेयर बजारमा लगानी

अर्थ संसार, काठमाडौं– जीवन बिमा कम्पनीहरूले प्राथमिक सेयर बजारमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

चालू आर्थिक बर्ष २०७४/७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको समितिको तथ्यांकमा उल्लेख छ । यो रकम कम्पनीहरूको कुल लगानीको करिव ५ प्रतिशत हो ।

बिमा कम्पनीहरूले अन्य कम्पनीहरूको सेयरमा आफनो कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने समितिले व्यवस्था गरेको छ ।

जसमध्ये पब्लिक कम्पनीको साधारण सेयरमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउनछन् । त्यस्तै, उत्पादनशील तथा राष्ट्रिय महत्वको क्षेत्रमा ५ प्रतिशत तथा इन्भेष्टमेन्ट कम्पनीमा २ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

समितिले बिमा कम्पनीहरूलाई लगानीको लागी निश्चित क्षेत्र तोकेको छ । जसमध्ये नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप, विकास बैकको मुद्दती निक्षेप, नागरिक लगानी कोषमा कम्पनीहरूले अनिवार्य रूपमा लगानी गर्नुपर्नेछ ।

त्यस्तै, स्वच्छिक लगानीको लागि समितिले वाणिज्य बैंकको अग्राधिकार सेयर, वित्त कम्पनीको मुद्दती निक्षेप, अन्य पब्लिक कम्पनीको साधारण र उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्र तोकेको छ । प्राथमिक सेयरमा ७ वटा कम्पनीले मात्रै लगानी गरेका छन् ।

चालू आवको पहिलो तीन महिनामा १३ कम्पनीले १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेका छन् । जसमध्ये ८६ प्रतिशत रकम वाणिज्य बैंकको मुद्दती खातामा जम्मा गरेका छन् । कम्पनीहरूले आफनो कुल लगानीको १ खर्ब १७ अर्ब रुपैयाँ क बर्गका बैंकमा जम्मा गरेको समितिको तथ्यांकले देखाएको छ ।

कम्पनीहरूलाई लगानीका अन्य क्षेत्र तोके पनि कम्पनीहरू भने वाणिज्य बैंकको मुद्दती खातामा नै आकर्षित छन् । जीवन बिमा कम्पनीहरूले विमितबाट संकलन गरेको रकमलाई परिचालन गरेर नै मुनाफा आम्दानी गर्छन् ।

तर, नेपालमा कम्पनीहरूले लगानी गर्नका लागी उचित क्षेत्र नभेटेको विमकहरूको गुनासो रहेको छ । सुरक्षित लगानीको अन्य क्षेत्र नभेटेकोले कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती खातामा रकम जम्मा गर्नु परेको उनीहरूको भनाइ छ ।

समितिले अनिवार्य गरेका क्षेत्रहरूमा कम्पनीहरूले १ खर्ब २४ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा कम्पनीहरूले ३ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, विकास बैंकको मुद्दती खातामा ३ अर्ब ५७ करोड रुपैयाँ लगानी भएको छ भने नागरिक लगानी कोषमा ५२ करोड १९ लाख रुपैयाँ लगानी भएको तथ्यांकले देखाएको छ ।

बिमा कम्पनी भनेको जोखिमको सुरक्षण गर्ने निकाय हो । कम्पनीहरूमा कुनै पनि समयमा दाबी पर्न सक्छ । भूकम्पजस्तै कुनै प्राकृतिक विपत परेको समयमा कम्पनीहरूमा तुरुन्तै नगदको आवश्यकता पर्छ ।

तसर्थ कम्पनीहरूले दिर्घकालीन क्षेत्रमा लगानी गर्न सम्भव नहुने समितिले बताएको छ । यद्यपि, आगामी दिनमा बिमा कम्पनीहरूको लागि बण्ड जारी गर्ने तर्फ समितिले पहल गर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताएका छन् ।

स्वेच्छिक क्षेत्रमा भने कम्पनीहरूले आफनो कुल लगानीको जम्मा ८ प्रतिशत मात्रै लगानी गरेका छन् । वाणिज्य बैंकको अग्राधिकार सेयरमा कम्पनीहरूको लगानी ३ अर्ब ७० करोड रहेको छ ।

वित्त कम्पनीको मुद्दती निक्षेपमा भने ३२ करोड ७१ हजार लगानी भएको छ । त्यस्तै, उत्पादनशील क्षेत्रमा कम्पनीहरूले ३६ करोड ९६ लाख रुपैयाँ लगानी गरेका छन् । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको