Like us!
Follow us!
Connect us!
Watch us!
नोटको कागज बनाउने कारखानामा पनि भ्याइनभ्याइ

भारतको सेक्युरिटी प्रेसमा चौवीसै घन्टा नोट छापिँदै (फोटो फिचर र भिडियोसहित)

शुक्रबार, १७ मंसिर २०७३, १४ : ५० मा प्रकाशित

शुरैह नियाज़ी

भोपाल–भारतमा भारतीय ५ सय र हजारका नोटमा प्रतिवन्ध लगाएपछि मध्य प्रदेशको देवासस्थित सिक्युरिटी प्रिंटिग एंड मिंटिंग कर्पाेरेशन अफ इंडिया लिमिटेडको युनिट बीएनपीमा आजकल चौवीसै घन्टा नोट छाप्ने काम भइरहेको छ । देवासम यति खेर सबैभन्दा धेरै २००० दरका नोट छपाइ भइरहेको छ । 

नोट छाप्ने प्रेस यतिखेर यति ब्यस्त भएको छ कि उसले अबकास लिएका कर्मचारीलाई समेत बोलाएर काम लगाइरहेको छ । उनीहरुलाई  लगभग १५ हजार रुपैयाँसम्म तलव दिइएको छ । 

प्रेसका एक कर्मचारीले नाम नछाप्ने शर्तमा भने, ‘माथिल्लोदेखि तल्लो तहसम्मका कर्मचारी यतिखेर दबावम काम गरिहेका छन् । पहिले कहिल्यै यस्तरी काम गर्नु परेको थिएन । यतिखेर यहाँका कर्मचारी देशको आवश्यकता पूरा गर्नमा लागेका छन् । काममा थोरै गल्ती भए पनि ठूूलो समस्या आउन सक्ने उनीहरुलाई डर छ । 

कहिलेसम्म चल्लान् भारतका सबै एटिएम ? 

रिजर्व बैंक अफ इंडियालाई देवासबाट दैनिक दुई कन्टेनर नोट पठाइएको छ । त्यहाँ खाना खाने समय पनि घटाइएको छ । देवासमा काम गर्ने कर्मचारीको भनाइअनुसार आइतबारको छुट्टीसमेत हटाइएको छ । 

कर्मचारीलाई अतिरिक्त भत्ता दिने घोषणा सरकारले गरेको छ । यसले गर्दा कर्मचारीले बढी काम गर्ने अपेक्षा छ । यसबाहेक उनीहरुलाई ओभरटाइम गरेको रकमसमेत दिइने छ । 

कहिँ नोट छैन, कहिँ धेरै

पुरानो ५०० को नोट डिसेम्बरसम्म मात्रै चल्ने छ । आधुनिकीकरणले गर्दा धेरैजसो काम मेसिनले हुन्छ । अबस्था यस्तो आएको छ कि बैंक नोट प्रेसमा काम रोकिएकै छैन । 

यही स्थिति होशंगाबादस्थित नोटको कागज बनाउने सेक्युरिटी पेपर मिल (एसपीएम) को पनि छ । यहाँ दैनिक पीएम ६ मशीनले चौबिसै घन्टा नोटको कागज बनाइँदै छ । 

होशंगाबादबाट अहिलेससम्म सय टन कागज बनाएर पठाइएको छ । एक मेट्रिक टन कागजबाट लगभग तीन लाख नोट बनाउन सकिन्छ । होशंगाबादमा करिव एक हजर कर्मचारी नोटको कागज बनाउने काममा जुटेका छन् ।

बिबिसी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको