अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आइतबार (आज) नेपाल स्टक (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से ३.८५ अंकले घट्दा ५० करोड ६१ लाख ४२ हजार ८ सय ५६ रुपैयाँमाको कारोबार भएको छ ।
जम्मा १ सय ६५ वटा कम्पनीको १६ लाख ७६ हजार १ सय १६ कित्ता सेयर खरिदविक्री भएको छ । आज ‘क’ वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७६ बिन्दुले घटेको छ ।
नेप्सेको उपसमूहहरु समेत मिश्रित रंङ्गले सजिएको छ ।आज व्यापार २.०२, होटल २५.३३, फाइनान्स २.३२, उत्पादन ३०.९७ र अन्य १.७६ अंकले बढेको छ ।
यता बैकिङ २.५७, विकास बैंक ५.१, विद्युत ७.०८, विमा ७५.९९ र माइक्रोफाइनान्स १२.१७ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस