Like us!
Follow us!
Connect us!
Watch us!

यही गतिमा काम भए रिङरोड विस्तार सन् २०२९ मा मात्र सकिने

आइतबार, १९ मंसिर २०७३, ०८ : ३४ मा प्रकाशित

यही गतिमा काम भए रिङरोड विस्तार सन् २०२९ मा मात्र सकिने

काठमाडौं– सरकारी उदासीनताका कारण राजधानीको रिङरोड विस्तारमा ढिलाइ भएको छ । अहिलेकै गतिमा काम गर्दै जाने हो भने २७ किलोमिटर रिङरोड विस्तारको काम सन् २०२९ मा मात्र सकिनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले रिङरोड निर्माणलाई गम्भीर रूपमा नलिँदा निर्माण कहिले सकिन्छ भन्ने अनिश्चित भएको छ ।

रिङरोडको पहिलो चरण कलंकीदेखि कोटेश्वर खण्ड १० दशमलव ३९ किमि विस्तार सन् २०१२ बाट थालिएको हो । तर, सन् २०१८ जुलाईमा मात्र उक्त खण्ड पूर्ण रूपमा निर्माण हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको आँकलन छ । 

यस हिसाबमा हेर्दा साढे ६ वर्षमा रिङरोडको १० दशमलव ३९ किमि खण्डको मात्र विस्तार सम्पन्न हुनेछ । ५ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त ८ लेन सडकको निर्माण चिनियाँ कम्पनी सांघाई कन्ट्रस्क्सनले गरिरहेको छ ।भूकम्प र भारतले लगाएको नाकाबन्दीका कारण पनि निर्माण कार्यमा थप ढिलाइ भयो । २०७२ माघको अन्त्यमा नाकाबन्दी खुलेसँगै विस्तारको काम पुनस् सुरु भएको हो । तर, यसमा पनि थप २ वर्ष लाग्ने देखिएको छ ।

काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख ज्ञानेन्द्र झा चालु आवमा ५ किमि मात्र कालोपत्रे गर्ने योजना रहेको बताउँछन् । उनका अनुसार हालसम्म ४६ प्रतिशत मात्र काम भएको छ ।

चिनियाँ सरकारको सहयोगमा विस्तार भइरहेको रिङरोडको कलंकी–कोटेश्वर खण्ड सकिएपछि मात्र बाँकी भाग निर्माण गर्नेबारे निर्णय हुनेछ । भौतिक पूर्वाधार मन्त्रालयले चिनियाँ सरकारसित दोस्रो खण्ड निर्माणबारे कूटनीतिक पहल अघि बढाइसकेको छैन । ‘यो खण्डको डीपीआर ९विस्तृत परियोजना रिपोर्ट० समेत तयार भएको छैन,’ झाले भने ।

पहिलो खण्ड निर्माणकै गतिमा जाने हो भने १७ किलोमिटरको दोस्रो खण्ड निर्माणमा १ वर्ष तयारी अवधिसहित करिब ११ वर्ष लाग्ने देखिन्छ । हालकै गतिमा अघि बढदा २०१८ को डिसेम्बरमा दोस्रो खण्डको विस्तारको काम सुरु हुनेछ र २०२९ को डिसेम्बरमा सकिनेछ । ‘परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयमार्फत चिनियाँ सरकारलाई अनुरोध गरी काम अघि बढाउन सकिन्थ्यो तर सम्बन्धित निकायले यसमा ध्यान दिएकै छैनन्,’ सडक विभागका एक अधिकारीले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ‘समृद्ध नेपालका लागि सडक सञ्चालन विकासको पाँचवर्षे रणनीतिक योजना, २०७३–२०७८’ अनुसार पुरै रिङरोड निर्माण ५ वर्ष अर्थात् सन् २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । मन्त्रालयको लक्ष्यअनुसार काम नसकिने स्थिति उत्पन्न भएको । यसले गर्दा राजधानीमा ट्राफिक समस्या अझ विकराल बन्दै जाने भौतिक पूर्वाधार मन्त्रालयकै अधिकारी बताएको कान्तिपुर दैनिकले छापेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको