Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले पायो २० मेगावाटको सोलार पावरको सर्वेक्षण अनुमति

बुधबार, १० माघ २०७४, १६ : ११ मा प्रकाशित

अपि पावरले पायो २० मेगावाटको सोलार पावरको सर्वेक्षण अनुमति

अर्थ संसार, काठमाडौं – नेपालको ऊर्जा क्षेत्रमा विश्वसनिय र पायनियर कम्पनीको रुपमा स्थापित अपि पावर कम्पनी लिमिटेडले २० मेगावाट सौर्य प्रणालीको सर्वेक्षण अनुमति प्राप्त गरेको छ ।

विद्युत् विकास विभागले केही दिन पहिले मात्रै अपि पावरलाई सौर्य प्रणाली जडानको सर्वेक्षणको अनुमति दिइएको हो ।

अपि पावर कम्पनीले लम्कीचुहा नगरपालिकाको चुहामा र गोदावरी नगरपालिकाको गोदावरीमा १०\१० मेगावाट सोलारका लागि सर्वेक्षण अनुमति पाएको छ । यसअघि पनि अपि पावरले देशका विभिन्न स्थानमा कुल १८ मेगावाटको सौर्य प्रणाली जडानका लागि अनुमति पाएको थियो । ती स्थानमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता हुने बित्तिकै जडान कार्य सुरु गर्ने तयारीमा कम्पनी रहेको छ ।

 त्यसैगरि रारा हाइड्रो कम्पनीले घोडाघोडी नगरपालिकाको पहलमानपुरमा २ मेगावाट सोलारको अध्ययनका लागि सर्वेक्षण अनुमति पाएको छ ।

नुवाकोटमा नेपाल विद्युत प्राधिकरणले २५ मेगावाट सौर्य ऊर्जाका लागि सर्वेक्षण अनुमति पाइसकेको छ ।  गत वर्ष नै प्राधिकरणले उक्त अनुमति लिएको हो ।

प्राधिकरणले नुवाकोटको चारघरेमा तीन र विदुर नगरपालिकामा एउटा सोलार आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको