Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा एनएबि बैंकको छलाङ्ग,  ६ महिनको नाफा १ अर्बबढी

आइतबार, १४ माघ २०७४, १० : ४७ मा प्रकाशित

नाफामा एनएबि बैंकको छलाङ्ग,  ६ महिनको नाफा १ अर्बबढी

अर्थ संसार, काठमाडौं–  एनएमि बैंकले नाफामा छलाङ्ग मारेको छ । यस बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा १ अर्ब बढी नाफा कमाउन सफल भएको छ ।

जुन अघिल्लो बर्षको सोही अबधिमा ७० करोड नाफा कमाएको थियो । अघिल्लो बर्षको तुलनामा बैंकले ३० करोड बढी नाफा कमाउन सफल भएको हो ।  

बैंकले चालु आर्थिक बर्षकोे ६ महिनामा १ अर्ब ५० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत वर्षको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब २६ करोड रुपैयाँ थियो । त्यसै गरी  बैंकले ८० अर्ब ५५ करोड निक्षेप संकलनगरी ७० अर्ब ९३ करोड कर्जा प्रबाह गरेको छ ।

बैंकको ६ महिनाको व्याज आम्दानी ४ अर्ब २५ करोड छ भने व्याज खर्च २ अर्ब ७५ करोड रुपैयाँ गरेको छ । बैंकको पूँजी कोष अनुपात १३.०६ प्रतिशत छ भने खराब कर्जा १.२० प्रतिशतमा सिमित गरेको छ ।

 गत आबको सोही अबधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशत रहेको थियो । बैंकको प्रोभिजनमा ९ करोड ५६ लाख रुपैयाँ राखेको छ भने २५ करोड ६५ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको आधार व्याजदर ७.५४ बाट बढेर १०.३५ प्रतिशत पुगेको छ । सीसीडी रेसियो पनि ७६.६१ प्रतिशत नाघेको छ । कोषको लागत चारबाट सात प्रतिशत नाघेको छ । बैंकलाई थप कर्जा प्रवाह गर्न अन्य बैंकको तुलनामा सहज नै छ ।

बैंकको प्रतिशेयर आम्दानी ३१.१८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४.६६ गुणा, तरलता अनुपात २४.३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८०.९८ रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी पाँच अर्ब ४३ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । बैंकले जगेडाकोषमा ५ अर्ब २३ करोड राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको