Like us!
Follow us!
Connect us!
Watch us!

उनी कहाँ होलान् ? देख्नेले खबर गर्नु होला (भिडियोसहित)

आइतबार, १९ मंसिर २०७३, १६ : ०८ मा प्रकाशित

अर्थ संसार

काठमाडौं–चाँदनी चौधरी कैलालीको धनगढीमा बस्छिन् । स्थानीय एक टेलर्समा काम गर्ने उनकी ११ बर्षकी छोरी छिन् । छोरी शारिरीक रुपमा अपाङ्ग छिन् । उनको लालनपालन, पढाईलेखाई सवै चाँदनी एक्लैको जिम्मामा छ ।

चाँदनीका श्रीमान बाँधुराम चौधरी ६ बर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । गएको झण्डै डेढ बर्षसम्म सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कमा छैनन । श्रीमान यसरी बेखवर भएपछि चाँदनी आफ्नो घरमा बस्न सकिनन् । घर छोडेर हिंड्ने बाध्यता आइपर्यो उनलाई । उनको अबस्थाबारे चाँदनीले केही कुरा बताएकी छन् । त्यसलाई भिडियोमा समेटिएको छ । बाँधुरामलाई देख्ने, भेट्नेले खबर गरिदिन उनको परिवारले आग्रह गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको