Like us!
Follow us!
Connect us!
Watch us!

उत्तरी ध्रुवमा कुकुर गाढा दौडाउने प्रतियोगितामा नेपालीको उम्मेदवारी, भोट दिएर छान्न सकिन्छ प्रतिस्पर्धी, तपाई पनि भोट हाल्ने कि ?

आइतबार, १९ मंसिर २०७३, १६ : ४९ मा प्रकाशित

अर्थ संसार

काठमाडौं–उत्तरी ध्रुवको कठांग्रिने चिसो हिउँमा एउटा अनौठो प्रतियोगिता हुन्छ । उत्तरी ध्रुवको वातावरण त्यसै पनि अत्यन्त कठीन हुन्छ । त्यस्तो ३० डिग्रीभन्दा तलको तपक्रममा ३ किमीको दुरी ६ वटा कुकुरहरुले तान्ने गाडामा उभीएर ५ दिनमा पुरा गर्ने एक प्रतियोगिता हुन्छ । त्यसको नाम छ फ्जालराभेन पोलार एक्सिपिडिसन । यस प्रतियोगितामा पहिलोपल्ट एक नेपालीले भाग लिदै छन् ।

झापाको दमक घर भएका शिवकुमार चम्लागाईले यस पटक उक्त प्रतियोगितामा सहभागिता जनाउँदै छन् । उनी बिगत ८ बर्ष देखी स्विडेनको स्टकहोल्ममा बस्दै आएका छन् । 

नेपालको झन्डा बोकेर उनले आफ्नो ज्यानलाई जोखिम राखेर उत्तरी ध्रुवमा ६ वटा कुकुर संगै दौड़ने रहर गरेका छन् । उनलाई त्यसमा उम्मेदवारी दिएका छन् । अनलाइन भोटिङका आधारमा त्यसमा भागलिने प्रतियोगिको छनौट हुन्छ । उनी अहिलेसम्म मतका आधारमा पॉचौ स्थानमा आएका छन्।  प्रतियोगितामा भाग लिन पहिलो वा दोश्रो भोट पाउनु पर्छ । 

उनको कठिन प्रयासलाई साकार पार्न तपाईंले संसारको जहाँसुकैबाट भोट हादन सक्नु हुन्छ । भोट हाल्न यस लिंकमा क्लिक गर्नु होस् । तपाईंको एक मतले एउटा नेपालीले विश्वमा नाम राख्न सक्छ भने किन सहयोग नगर्ने ? चम्लागाईंबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको