Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालय पूर्वाधार निर्माणमा रु साढे सात करोड

विहीबार, १८ माघ २०७४, १२ : ५१ मा प्रकाशित

विद्यालय पूर्वाधार निर्माणमा रु साढे सात करोड

अर्थ संसार, बाबियाचौर, म्याग्दी जिल्ला शिक्षा कार्यालयले म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात करोड ३८ लाख ५० हजार उपलब्ध गराएको छ ।

नौ वटा चार कोठे, तीन वटा तीन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि उक्त बजेट वितरण गरिएको कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार १५ वटा विद्यालयमा इन्टरनेट प्रयोग गरेर पठनपाठन सञ्चालन गर्न र २० वटा विद्यालयमा पुस्तकालय स्थापना गर्न रु छ लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको छ । भवन र शौचालयको योजनामा परेका विद्यालयले सम्झौताबमोजिम निर्माणको काम शुरु गरेका जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयोे ।

राष्ट्रिय पुनःनिर्माण कोषको कार्यक्रमअन्तर्गत यस वर्ष चार कोठे भवन बनाउन धौलागिरि गाउँपालिका–७ धारापानीको किसानी माविले रु ६३ लाख पाएको छ । अन्य आठ वटा विद्यालयले चार कोठे भवन बनाउन रु ३६ लाखका दरले अनुदान पाएका छन् ।

डाँडाखेतको बालमन्दिर आधारभूत, राम्चेको देउराली, बाबियाचौरको त्रिभुवन मंगला, पुलाचौरको जनकल्याण मावि, नारच्याङको प्रभा मावि, बिमको किसानी मावि, भकिम्लीको जयन्ती माविले चार कोठे भवन बनाउन शुरु गरेका छन् ।

बरञ्जाको महेन्द्ररत्न, दुखुको मालिका र मुनाको सूर्यज्योति आधारभूत विद्यालयले तीन कोठे भवन बनाउन भूकम्प पुनःनिर्माण प्राधिकरणबाट रु ३१ लाख ५० हजारका दरले अनुदान पाएका छन् । प्राधिकरणकै कार्यक्रमअन्तर्गत मराङको राम्चे, दानाको सरस्वती र रुमको गोरक्ष आधारभूत विद्यालयले रु २१ लाखका दरले अनुदान पाएका छन् ।

भगवतीको सिद्धार्थ ज्ञानमन्दिर, कालीपुलको बालमन्दिर, बुकेनीको जनप्रिय, बेगको पार्वती, खबराको हंशबाहिनी, सिंगाको ज्योति, अर्मनको किसानी आधारभूत र शिख, खिवाङको चन्द्रज्योति, भगवतीको मुक्तिधाम र दरवाङको जनप्रिय माविमा रु १६ लाख दरको दुई कोठे भवन निर्माण हुने भएको छ ।

हिस्तानको घराम्दी, कुइने, कुहुँको जनआवाज, बाबियाचौरको प्रभात आधारभूत विद्यालय र शिवाङको हेम, देवीस्थानको भीम, सिंगाको धौलागिरि, घारको मुक्तिमार्ग र दानाको ज्ञानप्रकाश माविमा आवाससहितको छात्रामैत्री शौचालय बनाउन रु छ लाखका दरले रकम उपलब्ध गराइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको