Like us!
Follow us!
Connect us!
Watch us!

विसं २०७५ देखि एसइई प्रदेशस्तरबाट

विहीबार, १८ माघ २०७४, १६ : ०४ मा प्रकाशित

विसं २०७५ देखि एसइई प्रदेशस्तरबाट

अर्थ संसार, काठमाडौँ– सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ ।

विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने छ ।

“हामी अहिले सात वटै प्रदेशबाट एसइई परीक्षा सञ्चालनको तयारी गर्छौं”, उहाँले भन्नुभयो, “चाँडै नै निर्णय गरेर सञ्चालनको व्यवस्था गर्छौं ।” उहाँका अनुसार एउटै मितिमा सञ्चालन भए पनि सात वटै प्रदेशमा सञ्चालन हुने एसइईका प्रश्नपत्र फरक रहने छन् । परीक्षाफल भनेसँगै प्रकाशन गरिनेछ ।

मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८ कोनवौँ संशोधनमा पनि प्रदेशस्तरमा एसइई सञ्चालन भएअनुसार प्रदेशबाट सञ्चालनको तयारी थालिएको मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले बताउनुभयो ।

प्रदेशबाट एसइई सञ्चालनका लागि ६ नं प्रदेशबाहेक सबै प्रदेशमा परीक्षा बोर्डका कार्यालय रहेका छन् ।मन्त्रालयका प्रवक्ता डा लम्सालले राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय खोल्न तयारी भइरहेको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको