Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी सेयर मूल्यमा ‘कीर्तिमानी गिरावट’

मंगलबार, २३ माघ २०७४, १२ : २५ मा प्रकाशित

अमेरिकी सेयर मूल्यमा ‘कीर्तिमानी गिरावट’

अर्थ संसार, काठमाडौं– अमेरिकी सेयर मूल्यमा एक दशकअघिको आर्थिक संकटयताकै एक दिनमा सबैभन्दा ठूलो गिरावट आएको छ।

सेयर मूल्यमा ११ सयभन्दा बढी अंकले गिरावट आएको विवरणहरूमा उल्लेख छ।

४.६ प्रतिशतको गिरावटसहित डाऊ जोन्सको सोमवारको कारोबार बन्द भएको छ।

शुक्रवार अमेरिकी श्रम मन्त्रालयले रोजगारीको संख्या सार्वजनिक गरेको थियो जसले अपेक्षा गरिएभन्दा बढी तलबमा वृद्धि हुने देखाएको थियो।

मुद्रास्फिति

त्यसपछि कम मूल्यमा सेयर विक्री बढेको हो। तलबमा वृद्धि भए मानिसहरूले बढी खर्च गर्ने र त्यसले मुद्रास्फिति बढ्ने अपेक्षा गरिएको छ।

सेयरको मूल्यको आकलन बढी गरिएको चिन्ताका माझ महिनौँदेखि बजारमा भएको वृद्धिपछि पछिल्लो गिरावट आएको हो।

ह्वाइट हाउसका एकजना प्रवक्ताले सेयर बजारमा बेलाबखत उथलपुलथ हुन सक्ने बताएका छन्।

तर उनका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले देशको दीर्घकालीन आर्थिक अवस्थामा ध्यान केन्द्रित गरेका छन् जुन अपवादको रूपमा बलियो रहेको छ।

चिन्तित

ह्वाइट हाउसले भनेको छ, : ‘सेयर मूल्यमा गिरावट आउँदा हामी सधैँ चिन्तित हुने गर्छौँ। तर हामी आर्थिक अवस्थाप्रति ढुक्क छौँ।’

सेयर मूल्यमा देखिएको गिरावटले यसअघि सन् २००८ मा भएको गिरावटलाई उछिनेको छ।

सन् २००८ को आर्थिक संकटका बेला ७७७.६८ अंकले शेयर मूल्यमा गिरावट भएको थियो।

प्रतिशतको हिसाबले सन् २०११ को अगष्टमा अमेरिकी सेयर मूल्यमा भएको गिरावटयताकै यो सबैभन्दा धेरै हो।  एजेन्सिको सहयोगमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको