Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्प पीडित किसानलाई बाख्रा उपहार

सोमबार, २० मंसिर २०७३, १७ : ३४ मा प्रकाशित

भूकम्प पीडित किसानलाई बाख्रा उपहार

 धादिङ–कुम्पुर र धुषा गाउँ विकास समिति बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।  अक्सफाम र प्रयास नेपाल धादिङको साझेदारीमा संचालित नेपाल भूकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत जिविकोपार्जन सहयोगको लागि ६७ परिवारलाई प्रति परिवार एक,एक वटाका दरले बाख्रा उपहार प्रदान गरिएको छ ।

यस अघि समूहका सदस्यहरुलाई उद्ययमसिलता बिषयमा तालीम प्राप्त गरेका छन् । दिगोपना र आत्मनिर्भरता,पशु तथा स्रोतको उचित व्यवस्थापन,पोषण स्वाथ्स्य आयआर्जन, लैङ्गिक परिवार केन्द्र बिन्दु,बास्तविक आवश्यकता र निर्णय,वातावरण सुधार,पूर्ण सहभागीता लगायतका बिष्यय बस्तुमा जानकारी पाई व्यवहारमा लागू गर्ने क्रममा उपहार प्रदान कार्य गरिएको प्रयास नेपाल धादिङका अध्यक्ष उषा बि.कले बताउनु भयो । 

उपहार प्रदान कार्यक्रम कार्यक्रममा कुम्पुर र धुषाका समूहका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अक्सफामका जिल्ला कार्यक्रम व्यवस्थापक सुनिता शर्मा, प्रयास नेपाल धादिङका अध्यक्ष बि.कले सामुदायिक विकासमा समूहले गरेको कामको प्रशंसा गर्दै अहिले संचालन गरिएका गतिविधिहरुको स्वसमिक्षा गर्दै निरन्तरता दिन सुझाव दिनु भएको थियो ।

कार्यक्रममा संचारकर्मी,स्थानीय अगुवाहरुको पनि उपस्थिति रहेको जिविकोपाजर्नन अधिकृत दिपक कुबरले जानकारी दिनु भयो ।  स्थानीयकृषकहरुको मागको आधारमा अक्सफामको साझेदारीमा प्रयास नेपालले जिल्लाको ५ गाउँ विकास समितिमा जिविकोपार्जन अन्र्तगत १४ वटा सिंचाई कुलो मर्मत,कृषि तथा पशु पालनका लागि कृषकरुलाई हाते ट्रयाक्टर, थ्रेसर, विद्युतीय तराजु, चार्जेवल स्प्रे पम्प, मसला पिस्ने मिल, कुटानी पिसानी मिल, एक पांग्रे ठेला, सोलर ड्रायर जस्ता कृषि औजार सहयोग गरेको कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी दिनु भयो ।

नेपाल भूकम्प प्रतिकार्य परियोजना अन्र्तगत जिविकोपार्जन कार्यक्रम अन्र्तगत प्रत्येक वडाका भूकम्प प्रभावित तथा बञ्चितिकरणमा परेका सदस्यहरुलाई २७ वटा समूह मार्फत स्थानीय निकाय तथा बिषयगत कार्यालयसँग समन्वय तथा सहकार्य गरी स्थानीय साझेदार अगुवाईमा कार्यक्रम संचालन भएको प्रयास नेपाल धादिङका अध्यक्ष  बि.कले बताउनु भयो ।

 यो पनि पढ्नुहोस्

सत्र बाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

एनसिसीसँग ४ विकास बैंकलाई आपसमा गाभिन राष्ट्र बैंकको अन्तिम स्वीकृति

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको