Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारी सिर्जना मुलुकको प्रमुख प्राथमिकताः मन्त्री जोशी

मंगलबार, २१ मंसिर २०७३, १० : ३० मा प्रकाशित

रोजगारी सिर्जना मुलुकको प्रमुख प्राथमिकताः मन्त्री जोशी

अर्थ संसार
काठमाडौं–उद्योग मन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सिर्जना गर्नु मूलुकको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । उद्योग मन्त्रालयअन्तर्गतको उद्यमशीलता विकास कार्यक्रममा सघाई रहेका नेपालस्थित राष्ट्रिय एवं अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाका प्रतिनिधिसँगको सोमबार उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री जोशीले थप रोजगारी सिर्जनाका लागि सामुहिक प्रयास फलदायी हुने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको बताए । 

नेपालको  गरिवी निवारण र रोजगारी सिर्जनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै मन्त्री जोशीले मुलुकका लागि महत्वपूर्ण युवा जनशक्तिलाई रोजगारीको खोजिमा विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए । उद्यमशीलता विकासलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको भन्दै उनले उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक मोटिभेटर केन्द्र स्थापना गर्न लागेको जानकरी दिए । 

त्यस अवसरमा उद्योग राज्यमन्त्री कञ्चन बादे श्रेष्ठले स्थानिय श्रोत साधनमा आधारित लघु उद्योगहरुलाई प्रवद्र्धन गर्दै जान जरुरी रहेको बताए । उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले संचालित कार्यक्रमहरुलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा मन्त्रालयका सहसचिव याम कुमारी खतिवडाले गरिबी निवारणका लघु उद्यम विकास कार्यक्रम प्रभावकारी देखिएको उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुले वर्तमानमा संचालित सीपमूलक तालिमलाई स्थानिय आवश्यकताअनुरुप परिमार्जन गर्न आवश्यक देखिएको बताए । लघु उद्यमीको उत्पादन विक्री गर्न मूल्य अभिवृद्धि कर (भ्याट) विल नचाहिने व्यवस्था गर्न उपयुक्त रहेको उनीहरुको सुझाव थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको