Like us!
Follow us!
Connect us!
Watch us!

हवाइ इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घट्यो, हवाइ भाडा घट्ने

मंगलबार, २१ मंसिर २०७३, ११ : ४८ मा प्रकाशित

हवाइ इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घट्यो, हवाइ भाडा घट्ने

अर्थ संसार

काठमाडौं–नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटाएको छ। उक्त मूल्य सोमबार रातिदेखि लागु भएको छ । 

हवार्इ इन्धनको मूल्य अब आन्तरिक तर्फ प्रतिलिटर८६ रुपैयाँ भएको छ। हवार्इ इन्धनको मूल्य घटेपछि हवाइ भाडा केही घट्ने छ । आन्तरिक वायु सेवा ब्यवसायीले फ्युल सरचार्ज भनेर इन्धनको छुट्टै भाडा लिँदै आएका छन् । इन्धनको मूल्य घटेपछि हवार्इ भाडा केही घट्ने अपेक्षा गरिएको छ।

यस्तै बाह्यतर्फ भने प्रतिकिलोलिटर ८१ डलर मूल्य घटाएको छ। बाह्यतर्फ एक किलोलिटर हवार्इ इन्धनको मूल्य ७ सय ५० डलर कायम भएको छ। निगमले धेरै खपत हुने अन्य पेट्रोलियम पदार्थको मूल्य भने घटाएको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको