Like us!
Follow us!
Connect us!
Watch us!

क्यासीको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

मंगलबार, २१ मंसिर २०७३, १२ : २४ मा प्रकाशित

क्यासीको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

अर्थ संसार
काठमाडौं–एशिया प्रशान्त क्षेत्रहरुका उद्योग वाणिज्य समूहको सर्वोच्च छाता संगठन कन्फडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्रि (क्यासी) को आउँदो कार्यकालको लागि उपाध्यक्ष पदमा प्रदीपकुमार श्रेष्ठ पुनः निर्वाचित भएका छन् । 

ताइवानमा यही २१ देखि २५ नोभेम्बरसम्म सम्पन्न ३० औं सम्मेलन तथा ५० औं वार्षिकोत्सवबाट श्रेष्ठ निर्वाचित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठ औद्योगिक घराना पञ्चकन्या उद्योग समूहका प्रबन्ध निर्देशकसमेत हुन् ।

एशिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारीको अभिवृद्धि गर्ने उद्देश्यले सन १९६६ मा स्थापना भएको क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बङलादेश, हङकङ, अस्ट्रेलिया, मलेशिया, सिंगापुर लगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठनहरु सदस्य छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको