Like us!
Follow us!
Connect us!
Watch us!

चिया बेच्ने मान्छे भारतको तमिलनाडु राज्यको मुख्यमंत्री

मंगलबार, २१ मंसिर २०७३, १५ : ३७ मा प्रकाशित

चिया बेच्ने मान्छे भारतको तमिलनाडु राज्यको मुख्यमंत्री

इमरान कुरैशी (बिबिसी)

तमिलनाण्डु राज्यको नयाँ मुख्यमन्त्रीमा ओ पनीरसेल्वमले शपथ लिएका छन् ।उनले यसअघि पनि दुई पटकसम्म जयललिता जेल गएको अवस्थामा राज्यको कमाण्ड सम्हालेका थिए । पनीरसेल्वम जयललिताको सबैभन्दा नजिकको इमान्दार सहयोगी मानिन्छन् ।

६५ बर्षका पनीरसेल्वम केही कुरा अनुकरणीय छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै पनीरसेल्वमले पनि चिया बेचेका थिए । पनीरसेल्वमका भाई अहिले पनि पेरियाकुलममा चियाको पसल चलाइ रहेका छन् । उनको पारिवारिक पेशा खेतीबारी नै हो ।

चियाको पसलबाट फुर्सदको समय निकालेर उनले स्नातकसम्मको  पढाइ पुरा गरेका थिए । उनका बाबु पनि पार्टीका इमान्दार कार्यकर्ता थिए ।पनीरसेल्वमका बुवा अन्नाद्रमुकको संस्थापक स्वर्गीय एमजी रामचंन्द्रका लागि काम गर्दथे । एमजीले उनीमाथि निकै बिश्वास गर्न थाले । पनीरसेल्वमले चिया पसलमा दुख गरेर पढेको कुरा एमजीलाई पनि थाहा थियो ।

पनीरसेल्वम पहिलो पटक नातेदार टीटीके दिनाकरनको माध्यमबाट जयललिताको आँखामा परेका थिए । भनिन्छ मुख्यमन्त्री पदमा रहुन्जेल पनि पनीरसेल्वम कहिल्यै जयललिता बस्ने कुर्सीमा बसेनन् ।पनीरसेल्वम थेवर समुदायका हुन् । यस समुदायको दक्षिणी तमिलनाडुमा निकै प्रभाव छ । उनले राज्य विधानसभामा थेनी जिल्लाको बोडीनयाकनूर निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको