Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले २० प्रतिशत बोनस दिने साधारणसभाबाट पारित

मंगलबार, ०१ फागुन २०७४, १८ : ४९ मा प्रकाशित

कृषि विकास बैंकले २० प्रतिशत बोनस दिने साधारणसभाबाट पारित

अर्थ संसार, काठमाडौँ – कृषि विकास बैंकले सर्वसाधारणलाई २० प्रतिशत बोनस दिने भएको छ ।

बैंकको सोमबार सम्पन्न ११ औं वार्षिक साधारण सभाले प्रस्तावित बोनस तथा नगद लाभांस पारित गरेको हो । यो संगै सर्वसाधारणतर्फको पूँजी बैंकमा साढे आठ अर्ब नाघेको छ ।

बैंकको साधारण सभाले साधारण शेयरधनीहरुलाई २० प्रतिशत वोनस सेयर तथा कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

२०७४ साल आषाढ मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर रु ५ अर्व ४३ करोड २७ लाख १२ हजार लाई वार्षिक ६ प्रतिशतका दरले हुन आउने रकम रु ३२ करोड ५९ लाख ६२ हजार ७२० नगद लाभांश बितरणको प्रस्ताव पारित गरेको हो ।

साधारण सेयरतर्फको चुक्ता पँुंजी रु ७ अर्व ०८ करोड ७६ लाख ८० हजारको लागि २० प्रतिशत बोनस शेयर वापत रु १ अर्व ४१ करोड ७५ लाख ३६ हजार र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुने रु ७ करोड ४६ लाख ०७ हजार १५८ नगद लाभांस साधारण सभाबाट पारित भएको हो ।

योसँगै बैंकको साधारण शेयर पुँजी रु ७ अर्ब ०८ करोड ७६ लाख ८० हजार रुपैंयाबाट बढेर रु.८ अर्व ५० करोड ५२ लाख १६ हजार पुगेको छ । नेपाल सरकारको अविमोच्य अग्राधिकार शेयर पुँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजारसमेत गरी बैंकको चुक्ता पूँजी रु १२ अर्व ५२ करोड ०३ लाख ९२ हजार बाट रु १३ अर्व ९३ करोड ७९ लाख २८ हजार पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको