Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो हवाइ भाडा, कहाँको कति ?

बुधबार, २२ मंसिर २०७३, ११ : १० मा प्रकाशित

घट्यो हवाइ भाडा, कहाँको कति ?

अर्थ संसार

काठमाडौं–हवाइ इन्धनको मूल्य घटेपछि वायुु सेवा संचालकहरुले आन्तरिक रुटमा बुधबारदेखि हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले सोमबार  हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ घटाएको थियो । वायु सेवा सञ्चालक संघले हवाई भाडामा जोडेर लिने गरेको फ्युल सरचार्ज बुधबारदेखि घटाउने निर्णय गरेको हो । 

घटाइएको भाडाअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा भाडा घटेको छ । यस रुटमा ३ सय १० रुपैयाँ फ्युल सरचार्ज घटेको हो । यसै गरी सबैभन्दा थोरै काठमाडौं–सिमरा रुटमामा ९० रुपैयाँ घटेको छ । 

नयाँ भाडा दर अनुसार काठमाडौंबाट पर्वतीय उडानमा ८ हजार ५ सय २५, काठमाडौं–पोखरा ४ हजार १०, काठमाडौं–भैरहवा ५ हजार ३०, काठमाडौं–नेपालगन्ज ७ हजार ५ सय ७५, काठमाडौं–विराटनगर ५ हजार ७ सय ५५, काठमाडौं–धनगढी १० हजार १ सय, काठमाडौं–भद्रपुर ७ हजार ३०, काठमाडौं–सिमरा २ हजार ५ सय ५, काठमाडौं–जनकपुर ३ हजार ४ सय, काठमाडौं–भरतपुर २ हजार ९ सय २०, काठमाडौं–तुम्लिङटार ४ हजार ७ सय १५ रुपैयाँ भाडा तोकिएको छ। 

नेपालमा आन्तरिक एयरलाइन्सले नर्मल भाडा, यात्रु सेवा शुल्क  र फ्यिुल सरचार्ज शीर्षकमा हवाई भाडा लिँदै आएका छन्।   आन्तरिक रुटमा ८ वटा एयरलाइन्सका ३३ विमानले सेवा प्रदान गर्दै आएका छन् । 

यो पनि पढ्नुहोस्

नेपाली मौलिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा ओविआरले सघाउने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको