अर्थ संसार
काठमाडौं– नेप्से झिनो अंकले घट्दा सेयर बजारमा बुधबार कारोबार रकम भने स्वात्तै घटेको छ । नेप्से बुधबार ०.६१ अंकले घटेर १५५३.९० अंकमा समेटिएको छ । कारोबार रकम भने ५० करोड ८७ लाख मात्रैको भएको छ । केही सातायताको सबैभन्दा न्युन रकम हो ।
थोरै कारोबार भएको मंगलबार पनि ७७ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो । यस दिन १ सय ३७ कम्पनीको ३ हजार ७ सय ४२ कारोबारबाट ६ लाख ८१ हजार ७ सय २४ कित्ता सेयर किनबेच भएको छ ।
बुधबारको कारोबारमा जलविद्युत, उत्पादन र अन्यमात्रै हरिया भए । अरु सबै समूह राताम्य भएका छन । यसदिन शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भयो । शिखरको ५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसपछि एभरेष्ट बैंक र सिद्धार्थ बैंकको पनि साढे तीन करोडभन्दा बढीको कारोबार भएको छ ।
घटेको बजारमा एनबी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य करिब नौ प्रतिशतले बढेको छ । हिमालयन डिस्टलरी, नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, मिशन डेभलपेमन्ट र हाम्रो विकास बैंक लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् ।
बजारमा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । त्यसपछि ललितपुर फाइनान्स, अरुण फाइनान्स, पोखरा फाइनान्स, सगरमाथा इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । नेप्सेमा यस साता सामान्य उतारचढाव भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस