Like us!
Follow us!
Connect us!
Watch us!

प्रेस काउन्सिलको प्रतिनिधिमण्डल बंगलादेशमा

विहीबार, २३ मंसिर २०७३, ११ : २६ मा प्रकाशित

प्रेस काउन्सिलको प्रतिनिधिमण्डल बंगलादेशमा

अर्थ संसार
काठमाडौं–प्रेस काउन्सिल अफ बंगलादेशको निमन्त्रणामा त्यसतर्फ गएको प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डललाई त्यहाँ भव्य स्वागत गरिएको छ । प्रेस काउन्सिल अफ बंगलादेशका अध्यक्ष मोहम्मद ममताजुद्धिन अहमदले भ्रमणटोलीको स्वागत गरे । नेपाली टोलीको सम्मानमा  विशेष भोजको आयोजना गरिएको थियो ।

त्यस अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले निस्वार्थ भावनाले दुई देशबीच द्विपक्षीय सहकार्य गर्दै प्रगाढ सम्वन्ध विस्तार गर्न सार्कस्तरीय प्रेस काउन्सिलको यथासक्य गठन गरिने प्रक्रियामा सघाउन आग्रह गरे । त्यसैगरी उनले भुपरिवेष्ठित देश नेपाललाई बन्दरगाह सुविधा प्रदान गरेकोमा वंगलादेश सरकारलाई धन्यवाद दिएका थिए । 

बंगलादेशको ५ दिने भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्ट, काउन्सिलका सदस्यद्वय किशोर श्रेष्ठ, गोविन्दप्रसाद चौंलागाई, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता छ ।

यो पनि पढ्नुहोस्

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

गोकर्णेश्वर नगरपालिकामा बढ्यो भ्रष्टाचार, स्थानीय बासिन्दा आन्दोलित

जेसीबीको नयाँ शाखा सुर्खेतमा, सेल्स, सर्भिस र स्पेयर सेवा दिने

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

स्काईवर्थको नयाँ राइस कुकर बजारमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको