Like us!
Follow us!
Connect us!
Watch us!

एउटै शेयरबाट १० बर्षमा ९० हजार प्रतिशत प्रतिफल, २.०८ रुपैयाँको सेयर बढेर १९०४ रुपैयाँ

विहीबार, २३ मंसिर २०७३, १४ : ४९ मा प्रकाशित

एउटै शेयरबाट १० बर्षमा ९० हजार प्रतिशत प्रतिफल, २.०८ रुपैयाँको सेयर बढेर १९०४ रुपैयाँ

राहुल ओबराय

नयाँ दिल्ली–एक छिन सोच्नुस् त, तपाईं सेयरमा लगानी गर्नु हुन्छ । त्यो लगानीले १० बर्षमा तपार्ईलाई ९० हजार प्रतिशत प्रतिफल दियो भने तपाईं के गर्नु हुन्छ ? नेपालमा त्यस्तो सम्भव छ ? अहिलेसम्म त्यस्तो प्रतिफल दिने कम्पनी नेपालमा छैनन् । चिलिमेले रसुवाका स्थानीय बासिन्दालाई सेयर दिएर लखपति भने बनाएको छ । एक छिन समाचार पढ्नुस् । भारतमा भने त्यस्तै भएको छ । सन् २००६ अर्थात आजभन्दा १० बर्षअघि एउटा कम्पनीमा लगानी गर्ने सेयरधनीले अहिले आएर ९० हजार प्रतिशत रिटर्न पाएका छन् । 

सेयरको मूल्यको एक विष्लेषणबाट यस्तो पत्तो लागेको हो । बम्बे स्टक एक्सचेंज (बीएसई) का पाँच कम्पनीको सेयरको मूल्य सन २००६ डिसेम्बरको तुलनामा १० हजार देखि ९० हजार ६ सय ७७ प्रतिशतसम्म बढेको छ । यस १० बर्षमा सबैभन्दा धेरै उछाल सिम्फनीको सेयरमा आएको छ । यही डिसेम्बरमा यस कम्पनीको सेयरको मूल्य ९० हजार ६ सय ७० प्रतिशत बढेर १ हजार १ सय ८० रुपैयाँ प्रति शेयर पुगेको छ । जबकि २९ डिसेम्बर २००६ मा सिम्फनीको शेयरको मूल्य १ रुपैयाँ ३० पैसा थियो । त्यतिखेर त्यति पैसाले एउटा टफी आउँथ्यो । 

अर्थात जसले डिसेम्बर २००६ मा सिम्फनीको शेयरमा १० हजार रुपैयाँ लगानी गरेका थिए, उनीहरुसँग अहिले ९० करोड ७७ लाख रुपयाँ छ । जसबाट उनीहरुले ३ वटा भब्य भवन किन्न सक्छन् । पछिल्लो १० बर्षमा कम्पनीको खुद लाभांश ५० प्रतिशतभन्दा बढीले बढेको छ । कम्पनीको मुनाफा २००६–०७ मा २.२० करोड़ रुपैयाँको तुलनामा २०१५–१६ मा १ अर्ब २३ करोड़ रुपैयाँ भएको छ । 

लगानीकर्तालाई धनी बनाउने यस सूचीमा अर्को कम्पनी छ अजंता फर्मा । यसको शेयर पछिललो १० बर्षमा १९ हजार ५७ प्रतिशतले अकासियो । कम्पनीको समायोजित सेयर मूल्य २००६ डिसेम्बरमा ९.८५ रुपैयाँ थियो । तयसको तुलनामा अहिले यसको मूल्य १८८६.९५ रुपैयाँ भएको छ । ३१ मार्च २०१६ मा सकिएको आर्थिक बर्षमा कम्पनीले ६ अर्ब ४१ करोड ९० लाख रुपैयाँ खुद मुनाफा भयो । यस्तै आर्थिक बर्षा २०१५ मा ३ अर्ब ९ करो ८ लाख, २०१४ मा २ अर्ब ३३ करोड ८८ लाख, २०१३ मा १ अर्ब १२ करोड ११ लाख नाफा गरेको थियो । जबकि २०१२ मा यस कम्पनीको नाफा ७७ करोड २६ लाख रुपैयाँ मात्रै थियो । 

मालामाल बनाउने बीएसई लिस्टेड अरु कम्पनिहरु डीएफएम फूड्स, क्यापलिन पइन्ट ल्याब्स र विनाती अग्र्यानिक्सको शेयर पछिल्लो १० बर्षमा क्रमशः १४ हजार ९ सय ९७ प्रतिशत, १४ हजार ७६ प्रतिशत र १३ हजार ७३ प्रतिशत बढेको छ । त्यस्तै रिलेक्सो फुटवेयर, मयूर यूनिकोटर्स, टेस्टी बाइट, ला ओपाला आरजी, मन्नापुरम फाइनान्स, क्यापिटल ट्रस्ट र आइशर मोटर्सको शेयर ६ हजार देखि १० हजार प्रतिशतसम्म बढेको छ । यसबाहेक १२४ कम्पनीको सेयरको मूल्य १० हजारदेखि  ५हजार प्रतिशतसम्म बढेको छ । यस अवधिमा कमाउने मात्र छैनन् । ग्रीनफायर, विनसम डाइमन्ड्स, लोक हाउजिंग, रामसरूप इंडस्ट्रिज, क्रेन्स सफ्फ्टवेयर र सबेक्सको शेयर ९९ प्रतिशतसम्म घटेको छ । 

नवभारत टाइम्स

यो पनि पढ्नुहोस्

भूकम्पको पुनर्निर्माण गर्न २ खर्ब ७८ अर्ब रुपैयाँँ दिने भए विदेशीले

महिला सहयात्राको बुक क्लोज तय, १० प्रतिशत बोनस बुक गर्ने मिति कहिलेसम्म ?

स्वाबलम्बनको बुक क्लोज कहिले, ५४ प्रतिशत लाभांश बुक गर्ने मिति याद गर्नुस्

६० प्रतिशत लाभांश दिने शिखरको ब्लुचिप सेयर किन्नु भयो ? लाभांश बुक गर्ने आज अन्तिम दिन

सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद खुल्यो, कहाँकहाँ भर्न पाइन्छ ?

धितोपत्र बोर्डको नयाँ मापदण्डले ककसको हकप्रद र एफपिओ रोकियो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको