Like us!
Follow us!
Connect us!
Watch us!

विप्लवको कारण ‘द ब्यांङ’ टुर स्थगित, अब कहिले ?

शुक्रबार, १८ फागुन २०७४, १५ : ५८ मा प्रकाशित

विप्लवको कारण ‘द ब्यांङ’ टुर स्थगित, अब कहिले ?

अर्थ संसार, काठमाडौं– बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ।

मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो।

सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए। विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्मेन्ट’ले चरण चरणमा वार्ता गरेको थियो।

तर वार्ताप्रति आयोजक गम्भिर नदेखिएको र पार्टीलाई हल्का ढंगले लिएपछि विप्लव समूहले कार्यक्रम गर्न नदिने बताएपछि कार्यक्रम स्थगित भएको हो। उनीहरूले कार्यक्रमस्थल र टिकटदरमाथि आपत्ति जनाउँदै आएका छन्।
तर, उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अग्रिम लिइसकेको बुझिएको छ ।

सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएकाले ढिलो चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका १ सय १० जनालाई उनीहरुकै खातामा पैसा पठाएको आयोजक स्रोतले बतायो ।

तत्कालिक परिस्थितिमा कुनै अवरोध आए केही समयका लागि स्थगित गर्न सकिने ओडीसीले सोहेल खान प्रोडक्सनसँग गरेको सम्झौतामा उल्लेख छ । तर सँधैका लागि रद्द गर्न सकिने विषयमा केही उल्लेख छैन ।चाडै नै नयाँ मिति तोक्ने तयारी  आयोजकले गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको