Like us!
Follow us!
Connect us!
Watch us!

रहेनन् तीतो सत्यका ‘लाजालाम’

शुक्रबार, २४ मंसिर २०७३, ११ : ५७ मा प्रकाशित

रहेनन् तीतो सत्यका ‘लाजालाम’

अर्थ संसार

काठमाडौं–टेलिभिजनमा तोते बोलेर सबैलाई हँसाउने मोटे कलाकार आरपी भट्टराई संसारबाट विदा भएका छन् । हाँस्य टेलिसिरियल ‘तीतो सत्य’मा लाजालामको भूमिकामा सबैले मनपराइएका हाँस्य कलाकार आरपी भट्टराईको ४५ बर्षकै उमेरमा बिहीबार राति बिराटनगरस्थित मधुमारामा निधन भएको छ। उनी मधुमेह र उच्च रत्तचापबाट पीडित थिए । 

हाँस्य कलाकार भट्टराईले अभिनय गरेको  ‘छक्का पञ्जा’ निकै हिट भएको थियो । उनको यही पछिल्लो चलचित्र हो । पारिवारिक स्रोतका अनुसार उनी बिहीबार राति फूपूको घरमा खाना खाएर त्यहीँ सुतेका थिए । बिहान अबेरसम्म नउठेपछि ढोका खोलेर हेर्दा ओछ्यानमा उनलाई मृत अबस्थामा भेटिएको थियो । मोटो शरीर भएकाले उनलाई देखेर सबै हाँस्थे ।

उनको ‘लाजालाम हो मेरो नाम’ थेगो खुवै चर्चित भएको थियो । दीपकराज गिरी र दीपाश्री निरौलाले बनाउने तितो सत्यमा उनले झण्डै १० बर्षदेखि अभिनय गर्दै आएका थिए ।  

आरपीका श्रीमती र दुई छोरा छन्। उनले दिपक–दीपाले बनाएका फिल्महरु  ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’ मा समेत अभिनय गरेका थिए । उनले केही गीतसमेत गाएका छन्।

यो पढ्नु भयो ? 

सरकारले थाल्यो टोखा–नुवाकोट सुरुङमार्गको तयारी

विकास खर्च नगर्ने कर्मचारीलाई कारबाही गर्न संसद विकास समितिको निर्देशन

नेपाल एफएमले माग्यो तीन जना संबाददाता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको