१. नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली निकट भबिष्यमै आउँदैछ । जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाई दिनेछ।
२. सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा छन्, यसबाट सेयर बजारमा उल्लेखनीय परिवर्तन हुनेछ।
३.बाणिज्य बैंकहरुलाई सेयरद लालको रुपमा काम गर्न दिने कुरामा सबैको सहमति छ । यो पनि निकट भबिष्यमै हुने छ।
४. मार्जिनक र्जा पनि सेयर दलालमार्फत नै प्रबाह हुने कुरामा पहल भईरहेको छ यसबाट पनि बजारको आकार बढ्न गई हामी लगानीकर्तालाई नै फाईदा पुग्नेछ।
५. नागरिक लगानी कोष र कर्मचारी संचय कोष सेयर बजारमा प्रबेश गरी उनीहरुसँग रहेको ठूलो पूँजी यहाँ परिचालन भएमा सेयर बजारकै आधार बलियो हुनेछ।मार्केट मेकरको रुपमा उनीहरुले भुमिका खेलेमा बजारको डरलाग्दो उतार चढावको खतरामा कमी आई स्थायित्व प्राप्त हुनेछ।
६. लगानीकर्ता पहिचान कार्ड बितरण प्रक्रिया अन्तिम चरणमा छ।यसले पनि हाम्रो सुरक्षा प्रत्याभुति र बजारमा आउनेहरुको पहिचान गराई अझै बिस्वसनीय वातावरण तयार पार्नेछ।
७. अहिलेका सेयर दलालले राजधानीमा मात्र केन्द्रित नभई पचहत्तरै जिल्ला जान पाउने र उनीहरुको कार्यक्षेत्र बिस्तार हुने नै छ।जिल्ला सदरमुकाममा मात्रै हैन संभावित सबै शहरहरुमा सेयर दलालको कार्यालय बिस्तार भएमा धेरै लगानीकर्ताको संख्या थपिने र सेबा सुबिधा सहज रुपमा लगानीकर्ताले पाउने छन्।
८. क्लियरिङ बैंकको संख्या बृद्धिबाट छिटोछरितो रुपमा राफसाफ हुन गई हामी लगानीकर्ताहरुलाई नै सुबिधा पुग्नेछ।
९. बाणिज्य बैंक तथा अन्य बित्तीय संस्थाहरुको शाखा संजालबृद्धि, लगानी बिस्तार र ठूला पुर्वाधार तथा जलबिद्युत आयोजनाहरुमा लगानी बढ्नु पनि लगानीकर्ताहरुलाई उत्साहित पार्ने कुरा हुन्।
१०. राष्ट्र बैंकको पूँजी बृद्धि योजना अहिले चलिुरहेको अबस्थामा हरेक बाणिज्य बैंकले २०७४ असार मसान्तभित्र आठ अर्ब पुर्याउनै पर्छ।अरु बैंक तथा बित्तीय संस्थाहरुले पनि धमाधम पूँजी बृद्धि गरिरहेका छन्।लौ अब पूँजी बढेपछि सबै कुरा सकियो भन्ने हैन, बल्ल प्रगतिको चरण सुरु भयो भन्ने हो।बैंक तथा बित्तीय संख्याहरुले यसपछि पनि पूँजी बढाउँदै लगानी बिस्तार गर्दै जानुपर्ने कुरामा गभर्नरले संकेत गरिसकेका छन्।आठ अर्बपछि सकिन्छ हैन, यो क्रम जारी नै रहन्छ।
११. २०७२,०७३ असार मसान्तको बित्तीय बिबरण हेर्दा २८ वटा बाणिज्य बैंकहरुले सबै क्षेत्रमा धेरै राम्रो प्रगति गरेको देखिन्छ।निक्षेपमा २१, कर्जा बिस्तारमा २७, खुद ब्याज आम्दानीमा २५, संचालन नाफामा ६० प्रतिशत बृद्धि भएको समग्र अबस्थामा खुद नाफा ३६ प्रतिशतले बढ्नु भनेकोे धेरै उत्साह ल्याउने सूचकहरु हुन्।चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण पनि धेरै उत्साहित पार्ने खालका देखिएको छ र बाणिज्य बैंकहरु दीर्घकालीन लगानीका हिसाबले सुरक्षित र उपयुक्त क्षेत्र हुन् भन्ने प्रष्ट भएको छ।
१२. बोनस सेयर, नगद लाभांश बितरण, हकप्रद बितरण, एफपीओ जारी गर्ने प्रक्रिया र सूचिकरणसम्बन्धी झंझटहरु समाप्त भई सजिलो र छिटो लगानीकर्ताले प्राप्त गर्नसक्ने भएको छ, अझै सरलीकृत र ब्यवस्थित हुने क्रम जारी नै छ।
१३. धितोपत्र बोर्डको निर्देशनपछि मर्जर एक्विजिशनमा गएका कम्पनीले प्रक्रिया पुरा गरेर संयुक्त बित्तीय कारोबार गर्दा नै सेयर कारोबार थाल्नुपर्ने भएको छ र यसबाट पनि हामीलाई अझै सहज भएको छ।
१४. बिमा कम्पनीहरुका लागि पूजी बृद्धि योजना अब चाँडै आउनेवाला छ।बिमा समितिले यसमाथि बिचार बिमर्श गरिरहेकाले चाँडै नै निर्णय आउला भन्ने बिस्वास जागेको छ।बिमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले पूँजी बृद्धिका लागि अर्थ मन्त्रालय र अरु निकायको स्वीकृति लिनु नपर्ने र अर्थ मन्त्रालयलगायत सबैको प्रतिनिधित्व रहेको बिमा समितिको बोर्डले नै गर्न सक्ने खुलासा गरेर यसमा आफुहरु गंभीर रहेको बताई सक्नुभएको छ।
१५. सुरुमा नेपालको सेयर बजारमा केही सिमित लगानीकर्ता थिए तर अहिले लाखौं पुगिसकेको अबस्थाछ र निकट भबिष्यमै अरु कयौं थपिने छन्।बजारमा जत्ति धेरै लगानीकर्ता थपिने छन् । बजारको आकार र स्थायित्वको आधार अरु मजबुत हुनेछ।
१६. नेपाल अल्प विकशित देशहरु (एलडीसी)को सदस्य र दुई बिशाल र आर्थिक रुपमा छिटो बिकशित हुँदै गरेका देशहरु चीन र भारतको बीचमा रहेकाले उनीहरुको संगतले यहाँको पनि बिकास छिटो हुने रअर्थतन्त्र बढ्ने निश्चित छ।अर्थतन्त्र फैलिँदै गएपछि पूँजी बजार पनि निश्चित रुपमा बढ्छ।
१७. सार्क देशहरुको सेयर बजार सूचक हेर्ने हो भने धेरै देशको सेयर बजार नेपालको भन्दा बिकशित, आधुनिक र कयौंमाथि पुगिसकेको छ।बंगलादेश र श्रीलंकाकै उदाहरण हेर्नुहोस् । उनीहरु कहाँ पुगि सके, हामी कहाँ छौ ? प्राबिधिक र आधारभुत कुराहरु बिश्लेषण गरेर भन्ने हो भने नेपालको सेयर बजार पनि निकट भबिष्यमै अत्याधुनिक हुने, अरु सबल हुनेर धेरैमाथि पुग्ने निश्चित छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस