Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले फागुनमा लगानी सम्मेलन गर्ने, विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका ३ सय प्रतिनिधि बोलाउने

शनिबार, २५ मंसिर २०७३, १२ : ५६ मा प्रकाशित

सरकारले फागुनमा लगानी सम्मेलन गर्ने, विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका ३ सय प्रतिनिधि बोलाउने

अर्थ संसार
काठमाडौं–अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य भएको विश्वास दिलाउन आगामी फागुनमा काठमाडौंमा लगानी सम्मेलन हुने भएको छ ।सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा मन्त्रालयमा भएको बैठकले काठमाडौंमा मुलुकका विभिन्न क्षेत्र गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा फागुन १९ र २० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

त्यस अवसरमा मन्त्री जोशीले राजनीतिक प्रतिवद्धतासहित प्रशासनिक तथा कानुनी संरचनाका बारेमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वास दिलाउन सम्मेलनको तयारी गरिएको बताए । मुलुकमा दीर्घकालिन आर्थिक समृद्धि र त्यसका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक भएको बताउँदै उनले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई लगानीको सुरक्षाको प्रत्याभूतिको सन्देश दिन खोजिएको जानकारी दिए ।

उनले सन् २०३० सम्म नेपालको आर्थिक अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरिने जानकारी दिँदै सम्मेलन अगाडि वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनी संरचना तयार गरिसक्ने तयारीमो मन्त्रालय लािगरहेकाले यसकार्यमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरे । 

सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने छ । उक्त सम्मेलनमा नेपालमा लगानी गर्दै आएका अन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिँदैछ । सम्मेलनमा ३ सय जना अन्तर्राष्ट्रिय लगानीकर्ताको सहमाभागी रहने सरकारले अपेक्षा गरेकोे छ । 

यो पनि पढ्नुहोस्

आस्वा लागू गर्न धितोपत्र बोर्डको सरोकारवालासँग छलफल, आगामी माघदेखि लागू गरिने

यसकारण उचालिन्छ सेयर बजार, डा.प्रमोद केसीले देखेका १७ आधार

एउटै शेयरबाट १० बर्षमा ९० हजार प्रतिशत प्रतिफल, २.०८ रुपैयाँको सेयर बढेर १९०४ रुपैयाँ

धितोपत्र बोर्डको नयाँ मापदण्डले ककसको हकप्रद र एफपिओ रोकियो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको