Like us!
Follow us!
Connect us!
Watch us!

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कैसँग बिवाह गरिन्, सम्पत्ति पनि सँगै लगिन्, छोराहरुले आमाको पछि लागेर बाबुलाई तथानाम गरे

आइतबार, २६ मंसिर २०७३, १० : ३२ मा प्रकाशित

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कैसँग बिवाह गरिन्, सम्पत्ति पनि सँगै लगिन्, छोराहरुले आमाको पछि लागेर बाबुलाई तथानाम गरे

अर्थ संसार 

काठमाडौं–बैदेशिक रोजगारीमा गएकाहरुले भित्र्याएको रेमिटान्सले मुलुक चलिरहेको छ । यता घरबार भने धेरैको लथालिंग भएको छ । 

यस्तै अबस्था आएको छ चितवनका दीपक आचार्यको । उनी बैदेशिक रोजगारीका क्रममा कुवेतमा छन् । श्रीमती इजरायल । श्रीमतीले इजरायलमै त्यहीँको नागरिकसँग बिबाह गरिन् । विदेशी लोग्नेसहित नेपाल आएकी उनले बुढा भएका ससुरालाई घरबाट निकालिन् । छोराहरु आमाकै पछि लागेर बाबुलाई उल्टो तथानाम गाली गर्न थाले । तिनै दीपकको पीडा उनकै शब्दमा हामीले यहाँ प्रस्तुत गरेका छौंः

मेरो नाम दीपक आचार्य हो । घर चितवन । हाल बैदेशिक रोजगारीको सिलसिलामा कुँवेतमा छु । २१ वर्ष पहिले नवलपरासी जिल्ला कावासोतीकी चुनुउषा देवकोटासँग मेरो बिवाह भयो । हाम्रा दुई सन्तान पनि छन् ।

हाम्रो घरको आर्थिक अवस्था कमजोर भएकोले चुनुउषा र मैले सल्लाह गरेर परदेशियौं । चुनुउषा इजरायलमा केयरगिभर (सुसारे) छन भने म हाल कुँवेतमा गाडी चलाउने काम गर्छु । ८ वर्ष कतारमा बसे । कतारमा राम्रो कमाइँ नभएपछि ड्राइभर भिसामा कुँवेत आए । कतार र कुँवेतमा रातदिन काम गरेर कमाएको पैसा र चितवनको माडीमा रहेको मेरो पुख्र्यौली खेत बेचेर चितवनको भरतपुर नगरपालिकामा घडेरी किनेर घर लगाएँ । छोराहरुलाई पोखरामा बोडर्समा राखेर पढाउँदै थिएँ । घरब्यवहार पनि राम्रै चलेको थियो ।

जन्मदिने आमाबुबा भन्दा श्रीमती (चुनुउषा) को बढी विश्वास गरे । आफूले विदेशीभूमिमा कमाएको जेजति पैंसा छ चुनुउषाकै नाममा पठाउने गर्थे । विश्वास नगरौं पनि कसरी ? हामीले दुईटै मुटुको एउटै धड्कन बनाएर सँगै जिउनेमर्ने भनेर बाचाकसम खाइँबरी बैवाहिक जीवनमा बाँधिएका थियौं । बिवाहपछि हाम्रो घरपरिवार राम्रै सँग चलेको थियो ।

एकदिन चुनुउषाले मसँग आफू पनि वैदेशिक रोजगारीमा जाने कुरा बताइँन । मैले हुन्छ भने र सल्लाह गरेरै उनी इजरायलमा केयरगिभरमा गइँन् । इजरायल कामदारका लागि उचित र श्रमशोषण नहुने देश हो भनेर सुनेको थिएँ र ऋणदान गरेर घरपरिवारले उनलाई इजरायल पठायौं ।

छोराहरु पनि हुर्केबढी सकेकाले केही वर्ष उनले इजरायलमा बसेर कमाउने र मैले कुँवेतमा बसेर कमाउने सोचविचार गरी भविश्यमा छोराहरुलाई राम्रै कलेजमा पढाएर ठूलो मान्छे बनाउने हाम्रो उद्देश्य थियो । साथै सानोतिनो घरघडेरी जोड्ने र बुढेसकालमा हामी बुढाबुढीलाई आर्थिक समस्या पर्दा अरुलाई हात थाप्न नपरोस भन्ने थियो ।

तर, मेरो त्यो सपना सपनामै सिमित रह्यो । खोइँ कुन बैरी आइलाग्यो या मेरो दशा रु घरमा घरब्यवहार सम्हाल्ने मेरो बृद्ध बुबा हुनुहुन्छ । उहाँकै जिम्मा सम्पूर्ण घरब्यवहार सुम्पेर चुनुउषा र म विदेशिएका थियौं । तर, चुनुउषा इजरायल गइसकेपछि उनले नेपाल ९घर० मा मेरो बुबालाई पैसा पठाउन छोड्नु भयो । दिन प्रतिदिन बिनाकारण म र मेरो परिवारबाट टाढिँदै जान थालिन् ।

राम्रै सम्बन्ध हुँदाहुँदै पनि किन चुनुउषाजी म र मेरो परिवारबाट टाढिँन लागिन् भनेर सोधखोजतिर लागे । बुझ्दै जाँदा उनी त एकजना इजरायलीको प्रेमजालमा परेकी रहेछन् ।

म कुँवेतमै थिएँ । चुनुउषाजीले इजरायलस्थित नेपाली राजदूताबासबाट मसँग सम्बन्धबिच्छेद मागिन् । यसरी सम्बन्धबिच्छेद माग्नुको कारण चुनुको इजरायली नागरिक मिखायल पेरेस भन्ने ट्याक्सी ड्राइभरसँग सम्बन्ध भएको कारण रहेछ । म भने मैले कुँवेतमा चलाउने तेलको टयांकर बोक्ने गाडी दुर्घटना परेको कारणले कुँवेत छोड्न नपाउने अवस्थामा थिएँ । अझै पनि छु । मेरो अनुपस्थिती र मेरो कुरा राख्ने अवस्था नै नदिई चितवन अदालते मेरो र चुनुउषाको सम्बन्धबिच्छेद गराइदियो ।

मेरो पिरमर्का नबुझेरै अदालतले हाम्रो सम्बन्धबिच्छेद गराइदियो । मैले विदेशमा नखाइ नलगाइ र पुख्र्यौली सम्पत्ती बेचेर जोडेको घरघडेरी पनि चुनुउषाजीकै भयो । मेरो भने बेहाल । यतिबेला चुनुउषाजी आफ्नो इजरायली प्रेमीलाई पनि नेपालमै लिएर बसेकी छन् । मैले जोडेको सम्पत्ती बेचेर केही दिनमा इजरायल फर्कदै छन रे । मैले सुनेअनुसार चुनुजीको चार महिनाको गर्भ पनि रहेको छ रे ।

वाह, चुनुजी इजरायलीसँग मायाजालमा परे भन्दै भएको घरबार तहसनहस बनाउने । घरमा रहेका बृद्ध सासुससुराको सडक बास बनाउने यही हो मायाजालको नाममा, पैसाको नाममा मानवियता ?अलिकति भएपनि हाम्रो बिगतलाई हेर्नुस् । त्यो इजरायलीको क्षणीक मायारुपी भ्रममा नपर्नुस । एकपटक सोच्नुस त ती बृद्ध सासुससुराले के नै बिराएका थिए र आज उहाँहरुलाई घरबाट निकालेर रोडमा पठाउँदै हुनुहुन्छ ? यही हो सामाजिक न्याय र मानवियता रु यसको जवाफ म कहाँ र कसरी लिउँ ?

चुनुजी आफैं बिनाकारण मबाट अलग हुने फेरी मेरा बृद्ध बुबाआमालाई जे पनि गरिदिन्छु भनेर धम्क्याउने । छोरालाई पनि विभिन्न प्रभोलनमा पारी मेरै बिरुद्ध लगाउने । यो कहाँको कस्तो न्यायसंगत हो ? म गाडी दुर्घटनाका कारण कुँवेतमा साह्रै पीडामा छु त्यसैमा हजुरले नूनचुक छर्ने ?मैले त्यस्तो के नै बिराएको थिएँ र पीडामाथि पीडा थप्ने गरी रु एकपटक चिसो दिमागले सोच्नुस् । मेरो आग्रह छ त्यो इजरायलीको क्षणीक भ्रममा नपर्नुस ।

र छोराको नाममा

वाह, छोरा तिमीलाई मैले अर्काको देशमा रातदिन काम गरेर हुर्काएबढाए । पढाए । तिम्रो खुशीका लागि ऋणदान गरेर मोटरसाइकल किने । त्यतिमात्र होइन भोकै बसेर, झुत्रै लुगा लगाएर सकेसम्म तिम्रा हरेक चाहना पूरा गरे । आज सबै भुल्यौं हैं ?

आज तिमी पनि भएभरको दोष मलाई थोपर्दै छौं रे । अब त तिमी सानो पनि छैनौं । २०र२१ वर्षको लक्का जवान भइसक्यौं । एकपटक सोचन है के तिम्रो मामुले गरेको काम ठीक हो र रु मैले र मेरा बृद्ध बुबाआमाले के नै नराम्रो गरेका थियौं तिमी र तिम्रो मामुलाई ?

म जस्तो सामान्य मान्छेलाई आज तिमी र तिम्रो मामु भएर मलाई किन जिउँदै बारबार मार्दै छौं रु हुन त मसँग तिम्रो मामुको जस्तो इजरायली पैसा छैन होला तर इमान जमान छ । एकोहोरोरुपमा मामुको बहावकापमा नपरी आफ्नो घरपरिवार सम्झौं । पैंसा नै सबथोक होइन । सत्यतथ्य बुझ ।

मामाघरमा बसेर बारम्बार हजुरबा र हजुरआमालाई धम्क्याउँदै छौं रे । मेरो मामुको बिहे मैले गरिदिएको हुँ तिमीहरुलाई के को खसखस रु धेरै कुरा नगर्नु जतिबेला जे पनि गरिदिन्छु भन्छौं रे । आज त्यो इजरायली नागरिक तिम्रो नजिकको भयो, पालनपोषण गर्ने हजुरबुबा हजुरआमा र जन्मदिने बुबा म टाढाको हैं रु हुन त तिमी मावली घरमा बस्छौं त्यहाँ संस्कारै त्यस्तै छ की क्या हो रु त्यस्तै संस्कार सिक्नु धन्यवाद बाबु ।

अन्तमा, म बाध्यताबश घर आउन नसके पनि घटनाको वास्तविकता बुझेर मलाई सहयोग गर्ने चितवन समाज इजरायल, माडीको टोल सुधार समिति लगायत सम्पूर्ण इष्टमित्रहरुलाई हार्दिक धन्यवाद तथा आभार । आउँदा दिनहरुमा पनि तपाइँहरुले सत्यतथ्य बुझी अझै सहयोग गर्नुहुने छ भन्ने आशा राखेको छु ।

दीपकले आफ्नो पीडा फेसबुक पेजमा लेखेका छन् । उनले श्रीमती र छोराहरुसँग भएको सम्वादको स्क्रिन सटसमेत वालमा राखेका छन् । हामीले यो सामग्री उनकै वालबाट साभार गरेका हौं ।

चुनुउषासँग पनि हामीले सम्पर्क गर्ने प्रयास गरेका थियौ । उनले कुनै प्रतिउत्तर दिइनन् । उनले फेसबुक पेजमा आफ्नो नाम फेरेर उषा मिर्चा परेट्ज राखेकी छन् । उनले इजरायलीसँग बिवाह गरेको तस्बिर आफ्नो फेसबुक पेजमा राखेकी छन् । त्यस्तै ‘श्रीमान्सँग सौराहमा रमाउँदै’ भनेर इजरायलीसँगका रोमान्टिक तस्बिरहरु पोस्ट गरेकी छन् । ती इजरायलीले उषाका छोराहरुलाई अंगालेर खिचेका तस्बिरहरु पनि उनको वालमा देख्न सकिन्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको