Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

सोमबार, २७ मंसिर २०७३, १० : ४२ मा प्रकाशित

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

अर्थ संसार
हेटौँडा–उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारले लगानी मैत्री वातावरण बनाउन लागेको बताएका छन् । उनले हेटौंडा सिमेन्ट उद्योगको आइतबार आयोजित ३१ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्र उद्योगमा भन्दा व्यापारमा लगानी बढ्दो रहेकोले सरकारले लगानीमैत्री वातावरण तयार गर्न लागेका बताए । 

मन्त्री जोशीले सबैको साझा प्रयास र प्रतिबद्धता भएमा १० बर्षभित्र युवालाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाबाट मुक्त गरी स्वदेशमै अवसर सिर्जना गर्न सकिने बताए । उनले सरकारी लगानीका उद्योगहरु सञ्चालनलाई प्रभावकारी बनाउन आफू लागेको बताए । 

हेटौँडा कपडा, वीरगञ्ज चिनी, नेपाल औषधि उद्योगलगायतका सरकारी स्वामित्वका उद्योगहरु सञ्चालनको निर्णय गरेको बताउँदै उनले भन्नुभयो, ‘कागजी प्रतिबद्धतालेमात्र हुँदैन निजी उद्योगसँग प्रतिस्पर्धा गर्न सक्नु पर्छ ।’

सिमेन्टको गुणस्तर र लागतमा प्रतिस्पर्धी बन्न क्षमताको उपयोग गर्नु आवश्यक रहेको बताउँदै उनले हेटौँडा सिमेन्टलाई सरकारी स्वामित्वको उदाहरणीय उद्योग बनाउन व्यवस्थापक र कर्मचारीलाई आग्रह गरे । 

उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले नियमित बिद्युतको व्यवस्था भएमा उत्पादन बढाउने प्रतिबद्धता ब्यक्त गरे । यस्तै उद्योगका नायब महाप्रबन्धक मुकुन्दराज बानियाँले बोलपत्र आव्हानबाट सामान आपूर्ति गर्ने प्रक्रियालाई सहज बनाउनुपर्ने बताए । 

अर्डिनरी पोर्टलैन्ड र अर्डिनरी स्लैग सिमेन्ट उत्पादन र बिक्री गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योगको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी १ अर्ब ५० करोड, चुक्ता पूँजी ९० करोड, ६ लाख ८५ हजार र ऋण १२ करोड रहेको उद्योगले जनाएको छ । 

उद्योगले २०४२ मंसिरदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । उद्योगको उत्पादन क्षमता दैनिक ७५० टन  छ । उद्योगमा हाल ३ सय ९५ कर्मचारी कार्यरत छन् । 

यो पनि पढ्नुहोस्

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको