Like us!
Follow us!
Connect us!
Watch us!

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल

आइतबार, ०४ चैत्र २०७४, १९ : ३८ मा प्रकाशित

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल

अर्थ संसार, काठमाडौँ – दृष्टिविहीन र छापा अक्षर पढ्न नसक्ने अपांगता भएका ८० जना विद्यार्थीलाई एन्ड्रोइड मोबाइल वितरण गरिएको छ ।

अपांगता अधिकार विकासका लागि क्रियाशील नेपालले यहाँ आज एक कार्यक्रमको आयोजना गरी श्रव्य पुस्तक अध्ययन गर्न मिल्ने सामसुङ ग्यालेक्सी अन सेभेन प्रो मोबाइल वितरण गरेको हो ।

नमूना मक्षिन्द्र मावि, मेगा कलेज र सञ्जिवनी माविलगायत प्रदेश नं ३ का विभिन्न स्कुल र कलेजका दृष्टिविहीनसम्बन्धी अपांगता भएका व्यक्तिलाई सो मोबाइल वितरण गरिएको हो ।

इलाम, झापा, पाँचथर, लमजुङ, कास्की, पर्वत र गोरखालगायतका जिल्लामा २२० वटा मोबाइल विवरण गरिसकेको क्रियाशील नेपालका अध्यक्ष वीरेन्द्रराज पोखरेलले जानकारी दिनुभयो ।

आगामी दिनमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी बाँके र बर्दियालगायतका जिल्लामासमेत दृष्टिविहीनका लागि मोबाइल वितरण गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।

पछिल्लोपटक बोल्न र सुन्न नसक्ने वा अन्य प्रकृतिका अपांगता भएका व्यक्तिका लागि सबै प्रकृतिका सूचना, सञ्चार तथा प्रविधि अपांगमैत्री बन्दै गएको छ । सरकारले अपांगता भएका व्यक्तिका लागि ‘पहँुचयुक्त सञ्चार सेवा’ र प्रेस काउन्सिल नेपालले ‘अपांगतामैत्री सञ्चार निर्देशिका’ जारी गरेसँगै सञ्चारमाध्यम भाषागत हिसाबलेसमेत अपांगतामैत्री बन्दै गएका छन् ।

सोही अवसरमा राष्ट्रिय अपांग महासंघ नेपालका सचिव ओमप्रकाश बन्जाडे र अपांगता अधिकारकर्मी रमेश तिवारी र निर्मला आचार्यले अपांगता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपांगता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ जना रहेका छन् । यसमा शारीरिक अपांगता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यसैगरी, बोलाइसम्बन्धी अपांगता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपांगता ६, बौद्धिक अपांगता २ दशमलव ९ र बहुअपांगता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको