अर्थ संसार, काठमाडौ – दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आईपिओ जारी गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित यही चैत २८ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजान लागेको हो ।
साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि शेयर निष्कासनको प्रक्रिया अगाडि बढ्ने कम्पनीले जनाएको छ ।कम्पनीले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला एक आयोजना निर्माण गरिरहेको छ ।
सो आयोजानमा सानिमा बैंकको लिड रोलमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले रु एक अर्ब ४० करोड ऋण लगानी छ ।
आगामी डेढ वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको सो आयोजनाको कूल लागत रु २ अर्ब २९ करोड रुपैयाँ छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस