Like us!
Follow us!
Connect us!
Watch us!

रमि श्रेष्ठको ‘किन हुन्छ’ गितको म्युजिक भिडियो सार्वजनिक

विहीबार, ०८ चैत्र २०७४, १४ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  गितकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार श्रेष्ठ गीत लेखनको साथमा सान्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । र्यामजोन इन्टरटेनमेन्ट प्रालिकी सिइओ रहेकी श्रेष्ठको यस अघि थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।

सलिना प्रधानको स्वर रहेको यस गीतमा संगितकार अनिल शाहीको संगीत रहेको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ ।

पन्त मिस टिन नेशनलको विजेता पनि हुन । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको