Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा जारी अन्तर्राष्ट्रिय ब्यापार मेलामा अबलोकनकर्ताको भिड, एकै दिन करोडको कारोबार

सोमबार, २७ मंसिर २०७३, १४ : २५ मा प्रकाशित

भक्तपुरमा जारी अन्तर्राष्ट्रिय ब्यापार मेलामा अबलोकनकर्ताको भिड, एकै दिन करोडको कारोबार

अर्थसंसार
भक्तपुर–भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन आइतबार अवलोककर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । आयोजकका अनुसार यस दिन १६ हजार जनाले मेला अवलोकन गरेका छन् । करिब १ करोड रुपैयाँको व्यापार भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनीको जग्गामा जारी मेला आयोजना गरिएको छ ।

मेलामा मौलिक हस्तकलाका उत्पादनहरुको प्रदर्शनी, घरेलु तथा लघु उद्यमका उत्पादनहरु, सूचना–प्रविधि, कृषि उत्पादनको प्रदर्शनी, दैनिक उपभोग्य तथा घरायसी सामग्रीहरुको सुपथ मूल्य पसललगायत जिल्लाको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरुको जानकारी तथा परम्परागत सा“स्कृतिक नाचगान प्रदर्शन गरिएको भक्तपुर वाणिज्य संघका अध्यक्ष केपी अवालले जानकारी दिए ।
विद्युतीय सामग्रीहरु तथा निर्माण सामग्रीहरुको समेत विशेष स्टल रहेको मेलामा विभिन्न ब्राण्डका सवारी साधनहरुदेखि नेवारी मौलिक खानाका स्टलसमेत छन् ।

मेलामा आउने बालबालिकाहरुका लागि समेत मनोरञ्जनका सामग्रीहरुको उपलब्धता छ ।मेलामा १ सय ७२ वटा स्टलहरु छन् । मेलामा भारत, बंगालादेश, पाकिस्तान, चीन, श्रीलंका, मलेसियालगायतका देशका स्टलसमेत छन् । मेलाअन्तर्गत भक्तपुर सौन्दर्य कला व्यवसायी संघ र रोट्याक्ट क्लब अफ पाटन दरबार स्क्वायरको संयोजनमा मंसिर २७, २८ र २९ गते फेशन शो आयोजना हुने आयोजकले जनाएको छ । मंसिर २८ गते मंगलबार योमरी पुर्णिमाको दिन विशेष कार्यक्रम हुने छ । 

यसैबीच मेलाको तेस्रो दिन नेवारी समुदायको मौलिकता बोकेको बाँसुरी बाजा प्रतियोगितासम्पन्न भएको छ । मेलामा सहभागी हुन आएका अवलोकनकर्ताहरुलाई मनोरञ्जन दिन तथा मौलिक संस्कृतिबारे जानकारी दिन सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ९ वटा टोलीको सहभागिता थियो । 

अन्तर्राष्ट्रिय व्यापार मेलामा श्रीलंकाका सेक्रेटरी जनरल अजित परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट क्याप्टेन जाओबीच दुईपक्षीय वार्ता भएको छ ।वार्ताले दुबै पक्षबीच सम्बन्धलाई अझ मजबुत बनाउने र एकआपसको व्यापार व्यवसाय अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

यो पनि पढ्नुहोस्

नेशनल माइक्रो फाइनान्सलाई १६९ देखि ५०६ मूल्य रेञ्ज, अधिकतम मूल्यमा समेत बेच्न भेटिएनन्

मिर्मिरेको ५० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन, १६६७ रुपैयाँ प्रतिकित्ता

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी हुने

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक

यसरी तोकिन्छ नेपालमा सुनको मूल्य

मोबाइल व्यवसायीहरुको संस्थाबीच एकिकरण, अन्तर्राष्ट्रिय स्तरको  मोबाइल मेला गरिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको