अर्थ संसार
काठमाडौं–अभिनेत्री रेखा थापा नेकपा (माओवादी केन्द्र) छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी छन् ।राजधानीमा सोमबार बिहान आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको हातको टीका लगाएर अभिनेत्री रेखा पार्टी प्रवेश गरिन् ।
उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी थिएन् । यसअघि नायिका रेखा २०७० जेठ ४ मा तत्कालिन एनेकपा माओवादीमा प्रवेश गरेकी थिइन् । माओवादीको आन्दोलनमा पार्टी अध्यक्ष प्रचण्डसँगै नाचेर उनले चर्चा बटुलेकी थिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस