Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आइडल बुद्ध लामाको गित युट्युबको ट्रेन्डिङ नं १ मा

शुक्रबार, ०९ चैत्र २०७४, १४ : १७ मा प्रकाशित


अर्थ संसार, काठमाडौं– नेपाल आइडल बुद्ध लामाको पहिलो गित तिमी साथ भएपछी ले लगातार सफल्ता पाउँदै छ। यो गीत लामाको जीवनको पहिलो गीत हो।  अहिले बुद्धको यो गित युट्युबको ट्रेन्डिङ नं १ मा पुगिसकेको छ।

पहिलो ‘नेपाल आइडल’ बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीतगजल लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको तिमी साथ भएपछि शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन्।

गजलकार वाग्लेकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो। हालसम्म यस गीतलाई ७ लाख बढीले  हेरिसकेका छन् भने २७ हजार बढीले लाइकको संकेत दिएका छन्।

हरि लम्सालद्वारा सङ्गीतबद्ध उक्त गजललाई गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन्। चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन्। अभिनेता पल तथा अभिनेत्री आँचलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन्।

उत्सव दाहालद्वारा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। भिडियोमा सुरेन बसेलको कोरियाग्राफी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको